Trending
Prev Story
Next Story

डाक्टर बन्ने छात्रवृत्ति छाडिन्, आज फोहोरबाटै कमाइरहेकी छन् करोडौं

Ekantipur •
August 09, 2026 • 09:28 AM
1
1 reads 0 reactions

आज शिलशिलाको वरिपरि हरियो रङका धेरै कथा छन्— रोजगारी पाएका दिदीबहिनीका कथा, फोहोरबाट मूल्य निकाल्ने उद्यमका कथा, सडकको बीचमा रोपिएका रूखका कथा र आफ्नै मनको आवाज सुनेर हिाड्न सक्ने एउटा निर्णयको कथा ।

डाक्टर बन्ने छात्रवृत्ति छाडिन्, आज फोहोरबाटै कमाइरहेकी छन् करोडौं

आज शिलशिलाको वरिपरि हरियो रङका धेरै कथा छन्— रोजगारी पाएका दिदीबहिनीका कथा, फोहोरबाट मूल्य निकाल्ने उद्यमका कथा, सडकको बीचमा रोपिएका रूखका कथा र आफ्नै मनको आवाज सुनेर हिाड्न सक्ने एउटा निर्णयको कथा ।

काठमाडौँ — एमबीबीएस पढ्न पूर्ण छात्रवृत्ति पाउनु आफैंमा ठूलो उपलब्धि थियो । आफन्त र साथीभाइबाट बधाईको ओइरो लागिरहेको थियो । घरपरिवारका लागि पनि छोरीले डाक्टर बन्ने बाटो समातेको खबर गर्वको विषय थियो । तर शिलशिला आचार्यलाई भने त्यही खबरले खुसी बनाउन सकेन ।

शिलशिलाको मन भने वातावरण विज्ञानतिर थियो ।

पढाइमा अब्बल शिलशिलालाई सानैदेखि विज्ञानका विषय मन पर्थे । त्यसमा पनि वातावरण विज्ञानप्रति उनको विशेष रुचि थियो । तर घरपरिवारको चाहना थियो, छोरी डाक्टर बनोस् । त्यही चाहनाअनुसार शिलशिलाले एमबीबीएस पढ्न छात्रवृत्तिको परीक्षा दिइन्, पढ्न पूर्ण छात्रवृत्ति पनि पाइन् । तर शिलशिलाका लागि त्यो अवसर एउटा प्रश्न बनेर उभियो— ‘घरले भनेको मान्ने कि आफ्नै मनको सुन्ने ?’

एमबीबीएसको पूर्ण छात्रवृत्ति छाडेर उनले काठमाडौं विश्वविद्यालयमा वातावरण विज्ञान पढ्ने निर्णय गरिन् । निर्णय सजिलो थिएन । एमबीबीएस छात्रवृत्ति छाडेर महँगो शुल्क तिरेर आफूले चाहेको विषय पढ्ने कुरा परिवारका लागि पनि सहज थिएन । सुरुमा बुबाले उनका निर्णयमा आपत्ति जनाए । तर शिलशिलाले आफ्नो अडान छाडिनन् ।

‘यसपालि चार वर्ष मेरो खर्च थेगिदिनुस्, त्यसपछि पैसा माग्दिनँ,’ उनले बुबालाई भनिन् ।

पुलहरू सफा गर्ने, पेन्टिङ गर्ने जस्ता काममा पनि शिलशिला अभियानकै रूपमा सहभागी हुन्थिन् । उनको चासो भने एउटै थियो— हरियाली । आमाले भने छोरीको मन बुझिन् । तिमीलाई मन लागेको कुरा गर भन्दै उनले शिलशिलालाई आफ्नै निर्णय लिन छाडिदिइन् । अन्ततः बुबाले पनि छोरीको इच्छालाई स्विकारे । त्यो निर्णयमा जोखिम थियो, तर शिलशिलालाई आफ्नो बाटोप्रति विश्वास थियो ।

स्कुले जीवनमा शिलशिला सधैं प्रथम हुन्थिन् । एसएलसीपछि उनले काठमाडौंको एनआईसी कलेजबाट विज्ञान संकायमा प्लस टु पूरा गरिन् । काठमाडौं आएपछि भने प्रतिस्पर्धाको संसार फरक थियो । यहा“ सबै टपर थिए, सबै ट्यालेन्ट थिए । उनले नयाँ किसिमको प्रतिस्पर्धा महसुस गरिन् ।

डाक्टर बन्ने तयारी चलिरहेको थियो, तर भित्र कतै डाक्टर बन्ने इच्छा थिएन । डाक्टर बनेर पनि आफू सन्तुष्ट हुन सक्छु भन्ने उनलाई लागेको थिएन । जब भित्रैदेखि कुनै काम गर्ने इच्छा छैन भने त्यसमा राम्रो कसरी गर्न सकिएला ? यी प्रश्नले उनलाई बिस्तारै एउटै निष्कर्षतिर पुर्‍याए— ‘दिस इज नट फर मी ।’

त्यसैबीच उनले वातावरण विज्ञानबारे थप जानकारी लिइन् । एमबीबीएसको तयारी गरिरहँदा उनी त्रिचन्द्र कलेजमा बीएससीका कक्षा लिनसमेत गइन् । त्यसपछि एमबीबीएसको परीक्षा दिइन् । त्यसै वर्ष उनले अर्को निर्णय पनि गरिन्— डाक्टर बन्नकै लागि अब अर्को वर्ष गुमाउनेछैन ।

अनि काठमाडौं विश्वविद्यालयमा वातावरण विज्ञान पढ्न फाराम भरिन् । दुवैतिर नाम निस्कियो । तर उनले वातावरण विज्ञान रोजिन् । शिक्षकहरू नै सोध्थे, ‘वातावरण विज्ञानमा पनि कहीँ स्कोप के छ र ? तिमीले के गर्न लागेकी ? डाक्टर छाडेर ठीक गरिनौ कि !’

तर शिलशिलाको विश्वास बदलिएको थिएन । उनले आफ्नो बाटो रोजिसकेकी थिइन् । ‘बरु म एक्लै हुन्छु, तर बातावरण को फिल्डमा काम गर्छु र यो छेत्र मार्फत धेरै योगदान गर्न सक्छु,’ उनमा दृढता पलाइसकेको थियो ।

त्यसपछि शिलशिलाले पछाडि फर्केर हेरिनन् । प्लस टु तहमा मात्र होइन, स्नातक तहमा पनि टप गरिन् । तत्कालीन राष्ट्रपति रामवरण यादवबाट पदकसमेत पाइन् । बिस्तारै घर, परिवार र नातागोताले पनि उनलाई सकारात्मक रूपमा हेर्न थाले ।

स्नातकपछि उनको यात्रा अझ फराकिलो भयो । वातावरण विज्ञानमै स्नातकोत्तर पढ्न उनले त्रिभुवन विश्वविद्यालय र नर्वेजियन सरकारको संयुक्त छात्रवृत्ति पाइन् । त्यसमा नेपाल र नर्वेमा पढ्नुपर्ने र एक वर्ष नेपालमै थेसिस गर्नुपर्ने थियो ।

सन् २०११ मा शिलशिलाले स्नातकोत्तर तहको अध्ययन सकिन् । नेपाल र नर्वेमा अध्ययन गर्दा सबै सेमेस्टर टप गरिन् । पढाइ सकिएपछि उनको ध्यान वातावरणको कामतिरै फर्कियो । सन् २०११ को जुन–जुलाईतिर नेपालमा सडक अभियान चलिरहेका थिए । उनी त्यस्ता विभिन्न अभियानमा सहभागी भइन्, राजनीतिमा भने कहिल्यै लागिनन् ।

पुलहरू सफा गर्ने, पेन्टिङ गर्ने जस्ता काममा पनि शिलशिला अभियानकै रूपमा सहभागी हुन्थिन् । उनको चासो भने एउटै थियो— हरियाली । हरियाली शिलशिलाको दिमागमा बसिसकेको थियो । भरखरै तीनकुनेदेखि सल्लाघारीसम्मको बाटो चार लेनको बनेको थियो । सडकको बीचमा खाली ठाउँ थियो । त्यहाँ रुख रोप्नुपर्छ भन्ने अभियानमा उनी लागिन् । उनको समूहले केही रूख रोप्यो पनि ।

यस्तै अभियानमा सहभागी हुँदै उनले ‘भक्तपुर ग्रिन हाइवे मुभमेन्ट’ सुरु गरिन् । समूह बनाइयो । काम सुरु गर्ने योजना बन्यो । फेसबुकमा तीन–चार सय जनाको समूह बनाइयो । पैसा उठाउन थालियो ।

पहिलो चरणमा तीनकुनेमा नमुना काम गर्ने र त्यसपछि पूरै ९ किलोमिटरमा यसलाई विस्तार गर्ने योजना थियो । तर त्यही क्रममा अर्को महत्त्वपूर्ण अनुभव भयो, व्यक्तिगत रूपमा पैसा उठाउन सजिलो भए पनि सुरुवातभन्दा त्यसको मर्मतसम्भारमा बढी पैसा लाग्दो रहेछ । यस्तो कामका लागि व्यक्तिगत खातामा पैसा उठाएर मात्र हुँदैन रहेछ, संस्थाको खाता चाहिने रहेछ ।

त्यसपछि उनी ‘हिमालयन क्लाइमेट इनिसिएटिभ’सँग जोडिइन् । संस्थाको प्लेटफर्म प्रयोग गर्ने तर काम भने उनी आफूले चाहेको गर्ने सहमति भयो । लगत्तै ‘हाम्री बहिनी’ सामाजिक उद्यमको डिजाइन गर्न थालिन् । सामाजिक कामसँग नजोडी नेपालमा वातावरणबारे बुझाउन नसकिने उनलाई महसुस भयो । त्यसैले कामको डिजाइनमै सामाजिक पक्ष जोडिन थाल्यो । अनुदान मात्र लिएर संस्था टिक्दैन, व्यवसायबाट आम्दानी पनि गर्नुपर्छ भन्ने सोच पनि त्यही क्रममा विकास भयो ।

सन् २०११ देखि २०२१ सम्म उनले ‘हिमालयन क्लाइमेट इनिसिएटिभ’सँग आबद्ध भएर सामाजिक उद्यम गरिन् । सुरुमा ‘हाम्री बहिनी’मार्फत कटन ब्याग बनाउने काम गरिन् । ती झोला भाटभटेनीलगायत सबै ठुला सपिङ कम्प्लेक्समा बिक्री हुन्थे । यसबाट एकातिर धेरै दिदीबहिनीले काम पाए, अर्कोतिर प्लास्टिकको प्रयोग घटाउन सहयोग पुग्यो । त्यहाँबाट काम सिकेका धेरै दिदीबहिनीले अहिले पनि यही काम गरिरहेका छन् । रोजगारी सिर्जनाको यस यात्रामा माइती नेपालबाट उद्धार गरिएका दिदीबहिनी पनि जोडिए । त्यति बेलासम्म माइती नेपालले २० हजारभन्दा बढीलाई उद्धार गरिसकेको भए पनि ७० जनालाई मात्र जागिर लगाएको रहेछ ।

शिलशिलाले महिलालाई घरेलु कामको आधारभूत हरित तालिम दिने र काम खोजिदिने नेपालमै पहिलो घरेलु रोजगारी सेवासँग जोड्ने अनलाइन प्लेटफर्म सुरु गरिन् । यसबाट पनि १३/१४ सय दिदीबहिनीले रोजगारी पाए । पहिलो पटक आफूले सुरुवात गरेको त्यही उद्यममा तालिम पाएका युवाले अहिले अरूलाई तालिम दिने र जागिर खोजिदिने उद्यम गरिरहेको गर्ने शिलशिला बताउँछिन् ।

तर बिस्तारै आफ्नो उद्यम गर्ने सोचअनुसार सन् २०१९ देखि नै शिलशिलाले आफ्नै कम्पनी ‘अभ्नी भेन्चर्स’ सुरु गरिसकेकी थिइन् । अभ्नी भेन्चर्सलाई प्रकृति वातावरणसँग सम्बन्धित काम गर्न पाउने गरी विधान बनाइएको थियो । वातावरणसँग सम्बन्धित विभिन्न काममा कम्पनी संलग्न हुँदै आएको छ । यसको कामको मुख्य पाटो फोहोर व्यवस्थापन हो ।

अभ्नी भेन्चर्सले पहिले फोहोरमा रहेका प्लास्टिकका बोतल छुट्याउने काम गर्‍यो । नेपालमा पहिलो पटक फोहोरबाट रिसाइकल हुन नसक्ने चाउचाउका खोल, प्लास्टिकका बोराका प्लास्टिक छुट्याएर सिमेन्ट उद्योगहरूलाई कोइलाको विकल्पका रूपमा बिक्री गर्ने काम सुरुवात यसले गर्‍यो । यो कम्पनीले अहिले नेपालभर गरिरहेको छ ।

अहिले शिलशिलाको संस्थामा ४०–५० जनाले प्रत्यक्ष रोजगारी र तीनदेखि चार सयले अप्रत्यक्ष रोजगारी पाएका छन् । उक्त संस्थाले नेपाल सरकार लाइ प्लास्टिक फोहोर व्यवस्थापनसम्बन्धी राष्ट्रिय अनुसन्धान गरी नीतिनियम बनाउने काम सम्पन्न गरी स्थानिय सरकारलाई पनि प्राविधिक सहयोग गरिरहेको छ । कर्पोरेट संस्थालाई पनि फोहोर व्यवस्थापन र अन्य वातावरणीय सेवा दिइरहेको छ ।

नाफामुलक कम्पनीसँगै सिलसिलाले गैरनाफामूलक संस्था ‘अभ्नी दिगोपना केन्द्र’ पनि सुरु गरेकी छन् । यो संस्थाले रैथाने ज्ञानको संरक्षण, दिगो नीति निर्माणलगायत काममा युवालाई जोड्छ ।

शिलशिलाका लागि वातावरण कुनै एउटा विषयमा सीमित छैन । उनी भन्छिन्, ‘यो रोजगारीसँग जोडिन्छ, महिलाको आत्मनिर्भरतासँग जोडिन्छ, उद्यमसँग जोडिन्छ र अन्ततः मानिसको जीवनसँग जोडिन्छ ।’

प्लस टु पढ्दादेखिका प्रेमीलाई अमेरिकाबाट नेपाल फिर्ता बोलाई शिलशिलाले विवाहमा परिणत गरिन् । अहिले उनकी एउटी छोरी छन् । श्रीमान् सुशील खड्का इन्जिनियर एवं अर्थविद् हुन् । उनी राजनीतिमा सक्रिय छन् । रास्वपाबाट बागलुङ–१ बाट प्रत्यक्ष निर्वाचन जितेका हुन् ।

शिलशिलाको आफ्नै यात्रा भने वातावरण, उद्यम र सामाजिक कामको संगममा अघि बढिरहेको छ । उनको कामले विस्तारै देशबाहिर पनि पहिचान बनाइसकेको छ । सन् २०२४ मा उनी बीबीसीको ‘विश्वका १०० महिला’ सूचीमा परेकी थिइन् ।

कुनै बेला डाक्टर बन्ने कि आफ्नो मनको कुरा सुन्ने भन्ने दोधारमा उभिएकी एउटी किशोरीका लागि त्यो यात्रा असामान्य थियो । एमबीबीएसको पूर्ण छात्रवृत्तिको बाटो त्यागेर उनले रोजेको वातावरण विज्ञान सुरुमा परिवारका लागि एउटा अनौठो निर्णय थियो । आफ्ना शिक्षकहरूका लागि पनि प्रश्न थियो— ‘यसको स्कोप के छ ?’

तर शिलशिलाले त्यस प्रश्नको उत्तर भाषणबाट दिइनन् । कामबाट दिइन् । रुख रोपेर, सडक हरियो बनाएर, फोहोरबाट प्लास्टिक छुट्याएर, महिलालाई तालिम दिएर, रोजगारी सिर्जना गरेर । कुनै बेला परिवारले उनलाई डाक्टर भएको हेर्न चाहेको थियो । उनले डाक्टरको सेतो कोट रोजिनन् । बरु हरियालीको रङ रोजिन् ।

आज शिलशिलाको वरिपरि त्यही हरियो रङका धेरै कथा छन्— रोजगारी पाएका दिदीबहिनीका कथा, फोहोरबाट मूल्य निकाल्ने उद्यमका कथा, सडकको बीचमा रोपिएका रुखका कथा र सबैभन्दा माथि आफ्नै मनको आवाज सुनेर हिँड्न सक्ने एउटा निर्णयको कथा ।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

भूमीश्वर पौडेल अर्थ सरोकारका समाचार लेखन तथा भाषा सम्पादन गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
रोनाल्डिन्होको नजरमा क्रिस्टियानो रोनाल्डो किन अरूभन्दा फरक छन्? ‘उनमा प्रतिभाभन्दा ठूलो महान् बन्ने भोक थियो’

रोनाल्डिन्होको नजरमा क्रिस्टियानो रोनाल्डो किन अरूभन्दा फरक छन्? ‘उनमा प्रतिभाभन्दा ठूलो महान् बन्ने भोक थियो’

काठमाडौं । विश्व फुटबलमा लियोनल मेस्सी, नेयमार र क्रिस्टियानो रोनाल्डोबीचको तुलना सधैँ चर्चाको विषय बन्ने गरेको छ। तर ब्राजिलियन फुटबलका महान् खेलाडी रोनाल्डिन्होको नामसँग जोडिएको एउटा भनाइले क्रिस...

#बन्ने
Compare →
Nagarik News
6d ago
भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले अब उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन्।

#छात्रवृत्ति
Compare →
Onlinekhabar
6d ago
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

२१ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो …

#छात्रवृत्ति
Compare →
Bizshala
3w ago
करोडपति बन्ने सपना, अर्बौं डुबाउने खेल : पर्दामा सेयर बजारका रोमाञ्चक कथा

करोडपति बन्ने सपना, अर्बौं डुबाउने खेल : पर्दामा सेयर बजारका रोमाञ्चक कथा

काठमाण्डौ । स्क्रिनमा हरियो अंक चम्किँदा कसैको सम्पत्ति बढिरहेको हुन्छ, रातो अंक फैलिँदा कसैको वर्षौंको बचत घटिरहेको...

#कथा #बन्ने
Compare →

Related Stories

World News
Build #2611