Trending
Prev Story
Next Story

चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी

Nagarik News •
November 12, 2026 • 05:33 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।

चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।

उनले धेरै नाचगान, रमाइलो र खुसी साटासाट गरिसकेकाले अब गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी तथा विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान् भनेर सोच्ने बेला आएको बताएका हुन्।

'अब चाडपर्वको उल्लासबाट बाहिर निस्कने बेला भयो। धेरै नाच्यौँ, रमायौँ, खुसी साट्यौँ; अब एकपटक सोचौँ!' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी र विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान्?'

आफूसँग केही पनि नभएको अवस्थाको पीडा अनुभूति गर्न आग्रह गर्दै भण्डारीले समाजमा रहेका अभाव पहिचान गरी ती पूरा गर्न लाग्नुपर्ने बताए।

उनले आवश्यकता र चाहनाबीचको फरक बुझ्नुपर्नेमा जोड दिँदै जीवन सहज बनाउन यी दुईबीचको सीमा पहिचान गर्नुपर्ने बताए। 'एकपटक आफूसँग केही पनि छैन भन्ने पीडाको अनुभूति गरौँ। त्यसपछि के–के अभाव रहेछ, पहिचान गरौँ र ती अभाव पूरा गर्न लागौँ,' उनले भने, 'आवश्यकता र चाहना फरक हुन्। जीवन सहज बनाउन यी दुईबीचको सीमा बुझौँ। आफ्नो खुसीसँगै अरूको पीडामा पनि सहभागी बनौँ। के गर्ने भन्ने प्रश्नको जवाफ हाम्रै कर्ममा छ।'

प्रकाशित: २६ कार्तिक २०८३ ११:१८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
साईबर सेक्यूरिटी एडभाईजरी २०२६ : चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

साईबर सेक्यूरिटी एडभाईजरी २०२६ : चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

काठमाडौँ- नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ। तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रह...

#चाडपर्व
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →
Onlinekhabar
1w ago
यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे …

#चाडपर्व
Compare →
Bizshala
1w ago
तीन महिनामै २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात, चाडपर्वले बढायो ड्राइफ्रुट्सको माग

तीन महिनामै २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात, चाडपर्वले बढायो ड्राइफ्रुट्सको माग

काठमाण्डौ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालमा २ अर्ब ४४ करोड...

#चाडपर्व
Compare →
Ekantipur
1w ago
महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै

महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै

आफ्नै खेतबारीमा उब्जाएका वस्तु बिक्री गरेर परिवारले पर्व खर्च जुटाइरहेका छन्, तर बढ्दो महँगीले उनीहरूको चाडपर्व कठिन बनाएको छ।

#चाडपर्व
Compare →

Related Stories

Politics & Governance
Build #2611