यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका। दिदीबहिनी र दाजुभाइबीच प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै यो पर्व मनाइँदैछ। सर्वसाधारणसँगै कलाकारहरूले पनि हर्षोल्लासका साथ भाइटीका मनाएका छन्।
भाइटीकाको अवसरमा कलाकारहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दै र दाजुभाइलाई टीका लगाइदिँदै गरेका तस्बिर सामाजिक सञ्जालमार्फत साझा गरेका छन्। तस्बिरमा प्रशंसक तथा शुभचिन्तकले समेत शुभकामना व्यक्त गरिरहेका छन्।
Read full story at source ( setopati.com )