बेइजिङ । विश्वव्यापारको ठूलो हिस्सा ओगट्ने समुद्री पारवहन क्षेत्रमा प्रविधिगत वर्चस्व स्थापित गर्न चीनले आफ्नो प्रयास तीव्र पारेको छ । एआई, स्वचालित क्रेन, चालकविहीन ट्रक र डिजिटल प्रणाली प्रयोग गरेर बन्दरगाह सञ्चालनलाई आधुनिक बनाउँदै चीनले विश्वव्यापी व्यापार तथा आपूर्ति शृंखलामा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ ।
विश्वभर परिमाणका आधारमा हुने कुल वस्तु व्यापारको ८० प्रतिशतभन्दा बढी हिस्सा समुद्री ढुवानीमार्फत हुने गर्छ । यही महत्त्वपूर्ण क्षेत्रलाई आफ्नो प्रविधिगत प्रतिस्पर्धाको नयाँ केन्द्र बनाउँदै चीनले आगामी पुस्ताको समुद्री ढुवानी प्रविधिमा विश्वको नेतृत्व गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )