Trending
Prev Story
Next Story

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

Onlinekhabar •
November 11, 2026 • 05:30 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा …

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्।

महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहने उनले उल्लेख गरेका छन्।

‘महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले हामी सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहोस्,’ सभापति थापाले लेखेका छन्, ‘उहाँका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सकौँ।’

नेता थापाले फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सबैमा आह्वानसमेत गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

#गगन-थापा #फाल्गुनन्द #महागुरु
Compare →
Nagarik News
2d ago
महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।

#फाल्गुनन्द #महागुरु
Compare →
Ekantipur
2d ago
फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरियो ।

#फाल्गुनन्द
Compare →

Related Stories

World News
Build #2611