Trending
Prev Story
Next Story

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

Nagarik News •
November 11, 2026 • 05:50 AM
1
1 reads 0 reactions

विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।

1 / 3
Swipe Photos

किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती प्रत्येक वर्षको कार्तिक २५ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।

महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाम जिल्लाको चुक्चिनाम्बामा भएको थियो। उनी किराँत धर्म, भाषा, लिपि, संस्कार र संस्कृतियों उत्थान तथा संरक्षको लागि जीवनभर समर्पित एक समाज सुधारक थिए। समाजमा व्याप्त विकृति, विसङ्गति र रुढिवादी परम्परालाई चिर्दै उनले मानिसलाई सत्मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

फाल्गुनन्द जयन्ती मनाउनुको मुख्य उद्देश्य उनका सुविचार, सामाजिक सुधारका अभियान र राष्ट्रप्रतिको योगदानको स्मरण गर्नु हो। समाज सुधारका लागि उनले वि.सं. १९८८ साल वैशाख २४ गते जारी गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति अत्यधिक प्रसिद्ध छ।

उनले समाजमा विवाह, ब्रतबन्ध तथा अन्य संस्कारमा अत्यधिक खर्च हुने चलन र पशु बलिप्रथालाई रोक्न कडा सुधारका कदम चालेका थिए। साथै, मदिरा सेवन निषेध गर्ने, महिला शिक्षामा जोड दिने र किराँतीको मौलिक मुन्धुमी संस्कारलाई व्यवस्थित बनाउनेलगायतका कार्यमा उनको ठुलो योगदान रहेको छ। समाजमा शान्ति, अहिंसा, लैङ्गिक समानता र नैतिकवान् जीवनशैलीको सन्देश फैलाउन उनको दर्शन प्रेरणादायी मानिन्छ।

नेपाली समाज, संस्कृति र सुधारको क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ साल मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्झनामा सरकारले यस दिन किराँत धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदासमेत दिने गरेको छ।

प्रकाशित: २५ कार्तिक २०८३ ११:३५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती प्रत्येक वर्षको कार्तिक २५ गते विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। विशेष गरी पूर्वी नेपालसहित देशका विभिन...

#किराँत #महागुरु #फाल्गुनन्द
Compare →
Ekantipur
2d ago
फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरियो ।

#किराँत #फाल्गुनन्द
Compare →
Onlinekhabar
2d ago
फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति

फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्‍याएको बताएका छन् । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढिवादको …

#महागुरु #फाल्गुनन्द
Compare →

Related Stories

Technology
Build #2611