मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो ।
बर्दिया — मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो ।
थारुको घरको सिलिङमा २ महिना अघि देखि ५ वटा घार बनाई वन मौरी बस्दै आएको थियो । मंगलबार दिउँसो घाँटी आसपास मौरीले टोक्दा थारु एक्कासी बेहोस भएका थिए ।
थारुलाई उपचारको लागि तत्काल नगर अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा चिकित्सकले थारुलाई मृत घोषणा गरेको डिएसपी रेशम बोहराले जानकारी दिए ।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।