Trending
Prev Story
Next Story

लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

Onlinekhabar •
November 10, 2026 • 03:01 PM
1
1 reads 0 reactions 4 comments

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको …

1 / 4
Swipe Photos

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ ।

अर्कोतर्फ पहिलो संस्करणको च्याम्पियन जनकपुरको ६ खेलमा यो चौथो हार हो र ४ अंकसहित पाँचौ स्थानमा रहेको जनकपुरको प्लेअफ पुग्ने सम्भावनामा ठूलो धक्का लागेको छ ।

जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन जोडे । ११औं नम्बरमा ब्याटिङ गरेका बलर राहुल यादवले ११ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनिङ गरेका अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४, अभिषेक तावरी २ र ललित राजवंशी रनमा आउट भए ।

जिमी निसम र ललित राजवंशीले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।

थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।

ओपनर जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

जनकपुरका लागि कप्तान हरमीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए ।

सुदूरपश्चिमले अब लिग चरणमा आफ्नो अन्तिम खेल काठमान्डु गोर्खाजसँग खेल्नेछ । जनकपुरले आप्नो अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
8h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
8h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611