Trending
Prev Story
Next Story

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

Ekantipur •
November 10, 2026 • 02:02 PM
1
1 reads 0 reactions

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

वार्सा — हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन् ।

इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ । कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन कम आम्दानी हुने उडान कटौती गरिरहेका छन् । यसबाट हवाई टिकटको मूल्य, रोजगारी र उद्योगको प्रतिस्पर्धात्मक अवस्थामा समेत असर पर्ने देखिएको छ ।

उडान क्षमता घटाउँदै वायुसेवा कम्पनी

विश्वव्यापी हवाई यात्रा तथ्यांक उपलब्ध गराउने संस्था ओएजीका अनुसार, युरोपका २१ वटा वायुसेवा कम्पनीले आफ्नो प्रस्तावित शीतकालीन उडान क्षमतामा ५ प्रतिशतभन्दा बढी कटौती गरेका छन् । एयर फ्रान्स–केएलएमले सन् २०२६ मा उडान क्षमता वृद्धिदर करिब २ प्रतिशतमा सीमित हुने जनाएको छ । यसअघि कम्पनीले २ देखि ३ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको थियो ।

आयरल्यान्डको र्‍यानएयरले वार्षिक यात्रु संख्या २१ करोड ६० लाखबाट घटाएर २१ करोड ४० लाखमा सीमित गर्ने लक्ष्य राखेको छ । बेलायतको इजिजेटले शीतकालीन उडान तालिकाबाट करिब १४ लाख सिट हटाएको छ । त्यस्तै, लुफ्थान्सा समूहले छोटो तथा मध्यम दूरीका उडानमा ५ वटा विमान बराबरको क्षमता कटौती गर्ने भएको छ ।

पोल्यान्डको एलओटी एयरलाइन्सले क्राकोबाट म्याड्रिड, रोम र बार्सिलोनासम्मका शीतकालीन उडान स्थगित गरेको छ । लुफ्थान्साको सहायक कम्पनी युरोविङ्सले पनि कोलोन र स्टुटगार्टबाट दुबईसम्म सञ्चालन गर्ने योजना बनाएका उडान रद्द गरेको छ ।

इन्धन तथा सञ्चालन खर्च बढ्दै जाँदा त्यसको भार यात्रुमा पर्ने देखिएको छ। लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कास्र्टन स्पोरले सन् २०२७ मा हवाई भाडा दोहोरो अंकको प्रतिशतमा वृद्धि हुन सक्ने बताएका छन् । र्‍यानएयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओ’लियरीले आगामी १२ महिनामा युरोपेली हवाई भाडा १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिनुभएको छ ।

परामर्शदाता संस्था अक्सेराको अध्ययनअनुसार, कुनै वायुसेवा कम्पनीले निश्चित उडान मार्गबाट सेवा हटाउँदा त्यस मार्गको हवाई भाडा औसत ९.७ प्रतिशतले बढ्न सक्छ । यसले हवाई टिकटको मूल्य निर्धारणमा प्रतिस्पर्धाको महत्वपूर्ण भूमिका रहेको देखाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसम...

#इन्धन #युरोपेली #उडान
Compare →
Onlinekhabar
1w ago
युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन

युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन

२० कात्तिक, काठमाडौं । युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ …

#उडान
Compare →
Bizshala
1w ago
माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक...

#कटौती
Compare →

Related Stories

World News
Build #2611