Trending
Prev Story
Next Story

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

Ekantipur •
November 10, 2026 • 10:02 AM
1
1 reads 0 reactions

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

काठमाडौँ — सरकारले मंसिर दोस्रो साता संसद् अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । सभामुख डीपी अर्यालले मंसिर ११ गतेका लागि तयारी गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिएका छन् । समयमै काम सकियो भने आसन्न अधिवेशन संसद्को नयाँ भवनबाट सुरु हुनेछ ।

सिंहदरबारमा सात वर्षदेखि निर्माणाधीन संघीय संसद् भवनको सातौँ पटक थपिएको म्याद आगामी फागुनमा सकिँदै छ । अब छिट्टै नयाँ भवन संघीय संसद् सचिवालयलाई हस्तान्तरण गर्ने पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशेष भवन परियोजनाको तयारी छ । २०७६ असोजमा निर्माणको काम सुरु गरेर तीन वर्षभित्र भवन निर्माण गरेर हस्तान्तरण गर्ने भनिए पनि म्याद थप्दैमा सात वर्ष बितेको हो ।

६ अर्ब २९ करोड रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएका दुई स्वदेशी र विदेशी कन्स्ट्रक्सनले सिभिलको काम लगभग सकेको र आन्तरिक काम बाँकी रहेको जनाएका छन् । आगामी संघीय संसद्को तेस्रो अधिवेशनमा प्रतिनिधिसभा बैठक नयाँ सभाकक्षबाट सञ्चालन गर्ने तयारी छ भने राष्ट्रिय सभाको बैठक चाहिँ अर्को अधिवेशनमा मात्र सुरु गर्ने गरी तयारी तीव्र पारिएको छ ।

संघीय संसद्को निर्माणाधीन भवनको अवस्थाबारे कान्तिपुर टेलिभिजनको रिपोर्ट ।

दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

पंकज श्रेष्ठ कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
10h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #मंसिर
Compare →
Hamro Patro News
12h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#अधिवेशन #मंसिर
Compare →
Onlinekhabar
12h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #मंसिर
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#संसद्
Compare →

Related Stories

Politics & Governance
Build #2612