अमेरिकाको एउटा नीतिले हाम्रो भान्सासम्म कसरी असर गर्छ भन्ने उदाहरण अहिले आफ्नै जीवनमा भोगिरहेको छु। अहिलेसम्म मैले सहज रूपमा ग्यास पाउन सकेको छैन। यस्तो दिन पनि आयो, दुई छाक खाना बनाउन पाँच हजार रुपैयाँ खर्च गरेर इन्फ्रारेड चुलो किन्नुपर्यो। पछि नाताले भतिजी पर्नेले आफ्नो लागि ल्याएको ग्यास दिएपछि मेरा दिन केही सहज भए। तर त्यो ग्यास सकिएपछि फेरि पाइने हो कि होइन, थाहा छैन।
मैले ग्यास नपाउनुमा अमेरिकी नीतिले के असर पार्यो भन्ने प्रश्न उठ्न सक्छ। यसको एउटा सिधा जवाफ छ- अमेरिका र इरानबीचको युद्ध तथा मध्यपूर्वको द्वन्द्वले हर्मुज जलमार्गबाट हुने ऊर्जा आपूर्तिमा गम्भीर अवरोध ल्यायो। विश्वको ठूलो हिस्सा तेल र ग्यास आपूर्ति गर्ने यो जलमार्गमा अवरोध हुँदा विशेषगरी एसियाली बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति खल्बलियो।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )