Trending
Prev Story
Next Story

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

Onlinekhabar •
November 10, 2026 • 02:31 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार …

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।

उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए ।

उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराए ।

त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।

यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाए ।

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्...

#सञ्चारमन्त्री #आईटीयू #तिमिल्सिना
Compare →
Nagarik News
10h ago
आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

#तिमिल्सिना #सम्मेलन
Compare →
Ekantipur
2d ago
उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

#सम्मेलन #सहभागी
Compare →

Related Stories

World News
Build #2611