Trending
Prev Story
Next Story

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

Nagarik News •
November 10, 2026 • 01:40 AM
1
1 reads 0 reactions

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चारमन्त्री डा. तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन्।

उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए। सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा. तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए। फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए। उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा. तिमिल्सिनालाई जानकारी गराए।

त्यसैगरी, सञ्चारमन्त्री डा. तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ।

यसैबीच, मन्त्री डा.तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाएका थिए। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो।

प्रकाशित: २४ कार्तिक २०८३ ०७:२५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार …

#सम्मेलन #सञ्चारमन्त्री #तिमिल्सिना
Compare →
Hamro Patro News
3d ago
सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका सञ्चारमन्त्रीबीच दोहामा द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनका क्रममा कतारको दोहामा भएको भेटम...

#सञ्चारमन्त्री #तिमिल्सिना
Compare →
Ekantipur
2d ago
उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

उद्योगमन्त्री साह भारतमा, सीआईआई साझेदारी सम्मेलनमा सहभागी हुने

मन्त्री दीपककुमार साहले भारत भ्रमणका क्रममा व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

#सम्मेलन #सहभागी
Compare →

Related Stories

Politics & Governance
Build #2611