Trending
Prev Story
Next Story

मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह

Nagarik News •
November 10, 2026 • 01:51 AM
1
1 reads 0 reactions

शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह

प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ तथा म्ह पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले म्ह पूजाको मर्मलाई आत्मशुद्धि र चेतनाको बोधसँग जोड्दै यसको सांस्कृतिक महत्वबारे पनि चर्चा गरेका छन्। ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनले बताएका छन्।

मौलिक म्ह पूजा परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाएको प्रधानमन्त्री शाहको भनाइ छ। उनले यसलाई नेपाली समाजका लागि गौरवको विषयसमेत बताएका छन्।

प्रधानमन्त्री शाहले आजैका दिन मनाइने गोवर्धन पूजा तथा हली तिहारको पनि स्मरण गरेका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीसहित कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन्।

भैलो र देउसीका मीठा भाका तथा आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालीका मौलिक चाडपर्वले रिसराग बिर्साएर सामाजिक एकता र सहिष्णुताको भावना थप बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७, न्हूदँया भिन्तुना तथा म्ह पूजाको पवित्र अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ ०७:३६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका ...

#मौलिक #संवत्
Compare →
Onlinekhabar
1d ago
उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

२६ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि चर्चामा रहेको …

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
2d ago
देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

पश्चिमा गीत र आधुनिक नृत्यको प्रभाव बढिरहेका बेला पाँचथरका युवाले आफ्नै भाषा, भाका, भेषभूषा र परम्परागत नृत्यसहित देउसीभैलो खेलेर सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेका छन् ।

#संस्कृति #जोगाउन
Compare →

Related Stories

Politics & Governance
Build #2611