Trending
Prev Story
Next Story

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

Onlinekhabar •
November 10, 2026 • 01:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय …

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

२४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताएका छन् ।

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

‘नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ’, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन् ।

उनले नेपालको यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गरेका छन् । ‘युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस्’, सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भनी कामना गरेका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप-३१ मा माग

जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप-३१ मा माग

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१)मा सहभागी प्रतिनिधिहरूले जलवायु वित्तको अभाव अन्त्य गर्न तथा विकासशील राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्र...

#न्याय
Compare →
Nagarik News
2d ago
नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली समुदायले न्यायको महत्त्वपूर्ण अनुभूति गर्‍यो

#न्याय
Compare →
Ekantipur
3d ago
झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

#संवत्
Compare →

Related Stories

National (Nepal)
Build #2611