Trending
Prev Story
Next Story

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा

Ekantipur •
November 10, 2026 • 12:31 AM
1
1 reads 0 reactions

कार्यालय समयभन्दा पछाडि विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध हुने भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अतिरिक्त समयमा विशेषज्ञ सेवा

कार्यालय समयभन्दा पछाडि विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध हुने भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढेको हो ।

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) मार्फत विशेषज्ञ सेवा लिनेहरूको संख्या बढ्दो छ ।

कार्यालय समयभन्दा पछाडि विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने तथा अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध हुने भएपछि ईएचएसप्रति सेवाग्राहीको आकर्षण बढेको हो ।

प्रतिष्ठानले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ भने अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म ईएचएस सेवा प्रदान गर्दै आएको छ । ईएचएसको शल्यक्रिया सेवा बेलुका ८ बजेसम्म चल्ने गर्दछ ।

ईएचएसअन्तर्गत सेवाग्राहीले आफूलाई आवश्यक विशेषज्ञ चिकित्सक आफैं रोजेर अनलाइन टिकटमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ । प्रतिष्ठानको तथ्यांकअनुसार असोज १ गतेदेखि ३१ गतेसम्म ईएचएसअन्तर्गत विभिन्न विशेषज्ञ विभागबाट ४ सय ४१ जनाले सेवा लिएका छन् ।

विभागगत विवरणअनुसार सबैभन्दा बढी स्त्री तथा प्रसूति रोग विभागबाट १ सय ९० जनाले सेवा लिएका छन् । त्यस्तै, हाडजोर्नी विभागबाट ३४, बालरोगबाट ३३, दन्तरोगबाट २९, आँखारोगबाट २४, मेडिसिनबाट २३, नाक, कान तथा घाँटीबाट २० र मुटुरोग विभागबाट १८ जनाले सेवा लिएका छन् ।

यसैगरी, जनरल सर्जरीबाट १७, मनोरोगबाट १३, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनबाट १३, छालारोगबाट ११, न्युरो सर्जरीबाट ८ र युरोलोजी विभागबाट ८ जनाले सेवा लिएको अस्पतालका निर्देशक डा. सुरेश रसाइलीले जानकारी दिएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै, एक महिनामा ४४१ जनाले लिए विशेषज्ञ सेवा

राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै, एक महिनामा ४४१ जनाले लिए विशेषज्ञ सेवा

रूपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) प्रभावकारी बन्दै गएको छ । विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर...

#चिकित्सक #प्रतिष्ठान #राप्ती
Compare →
Nagarik News
6d ago
‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।

#प्रतिष्ठान
Compare →
Onlinekhabar
1w ago
प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत …

#प्रतिष्ठान
Compare →

Related Stories

Health & Wellness
Build #2611