Trending
Prev Story
Next Story

चितवनमाथि विजय हात पार्दै काठमान्डु शीर्षमा

Ekantipur •
November 09, 2026 • 03:32 PM
1
1 reads 0 reactions

लगातार चौथो खेल जितेपछि काठमान्डु गोर्खाजको प्लेअफ निश्चित जस्तै

चितवनमाथि विजय हात पार्दै काठमान्डु शीर्षमा

लगातार चौथो खेल जितेपछि काठमान्डु गोर्खाजको प्लेअफ निश्चित जस्तै

काठमाडौँ — काठमान्डु गोर्खाज लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । काठमान्डुले सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्‍यो ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमान्डुले लगातार खेल जित्दै आएको छ र यस जितले टोलीको प्लेअफमा स्थान लगभग पक्का गरेको छ । काठमान्डुको ५ खेलमा ८ अंक पुगेको छ । टोलीले लुम्बिनी लायन्सलाई १ अंकले पछाडि पारेको हो । चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ ।

चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो । रबि बोपाराले अर्धशतक बनाए पनि जबाफमा आएको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ७ विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो ।

अर्जुन साउद र कामिल मिसराले ५ ओभर भित्र ४८ रन जोडि चितवनलाई राम्रो सुरुआत दिलाएका थिए । सन्तोष यादवले अर्जुनलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । अर्जुनले २१ बल खेली ४ चौकासहित २३ रन बनाए । श्रीलंकाली खेलाडी मिसराले ११ बल खेली १ चौका र ३ छक्कासहित २८ रन बनाए । अर्का श्रीलंकन खेलाडी सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमले सानदार रनिङ क्याच लिएर मिसरालाई पेभेलियन फर्काएका थिए ।

डान मुस्ली र रबि बोपाराले तेस्रो विकेटमा ५५ रनको साझेदारी गरे । मुस्ली ३२ बलमा ३ चौकासहित २९ रन बनाएर आउट भए । ट्यालेन्ट हन्टबाट आएका गणेश गौतमले चितवनका कप्तान सिकन्दर राजालाई २ रनमा बोल्ड गरेका थिए । बोपारा ५५ रन बनाई अन्तिम ओभरमा आउट भए । उनले ३५ बल खेली २ चौका र ३ छक्का प्रहार गरे ।

कुशल मल्ल १२ बल खेलि १ चौका प्रहार गरि १३ रनमा आउट भए । विवेक यादव ४ रनमा रनआउट भए । कमलसिंह ऐरी ५ र रिजन ढकाल १ रनमा अविजित रहे । काठमान्डुबाट अराचिगेले ४ ओभरमा ३७ रन खर्चेर २ तथा कप्तान करण केसी, जहाॅन्दद खान, सन्तोष यादव र गणेशले १–१ विकेट लिए ।

यसअघि ओपनरद्वय डेबिड वार्नर र साहिल पटेललाई ४ ओभर खेल्दा १३ रन भित्र गुमुाए पनि काठमान्डुले चुनौती पूर्ण स्कोर बनाएका हो । यी दुईले लुम्बिनी लायन्सविरुद्धको अघिल्लो खेलमा पहिलो विकेटमा १ सय ४ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियन ब्याटिङ हस्ती वार्नरलाई १ रनमा कमलले बोल्ड गरे । वार्नरले ६ बलको सामना गरेका थिए । साहिल १२ बलमा ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । तर रशिद खानले अर्धशतक बनाउदै काठमान्डुको उच्च फर्मलाई कायमै राखे ।

रशिदले ३० बलमा ५२ रन बनाए । जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो । रशिदले २ चौका र ४ छक्का प्रहार गरे । रशिदले तेस्रो विकेटमा विलियम बोसिस्टोसॅग ६२ र अराचिगेसॅग चौथो विकेटमा २८ मा ५३ रनको साझेदारी गरे । बोसिस्टोले २२ बल खेली १ छक्कासहित २७ रन बनाए ।

श्रीलंकन खेलाडी अराचिगेले २० बल खेली ३ चौका र २ छक्कासहित ३३ रन बनाए । करणले ८ बल खेली ३ छक्कासहित २० रन बनाए । इंग्लिस बलर मोस्लीलाई ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि चौथो बलमा मोस्लीले करणलाई एलबीडब्लु आउट गरेका थिए ।

आदिल आलम अन्सारी २ चौका प्रहार गरी ८ रनमा आउट भए । जहाँन्ददले १३ बलमा ६ रनमात्र बनाउन सके । सन्तोष यादव २ बल खेली १ छक्का प्रहार गर्दै ८ रनमा अविजित रहे ।

रिजन ढकालले ३ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा १४ रनमात्र खर्चे । सिकन्दरले ३ ओभरमा १९ र कमलले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजको खेल

एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजको खेल

एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजको खेल तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक । कार्तिक २३, २०८३ तस्बिर : हेमन्त श्रेष्ठ काठमाडौँ — काठमान्डु गोर्खाज लगातार...

#काठमान्डु #गोर्खाज
Compare →
Onlinekhabar
4d ago
लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस …

#काठमान्डु #शीर्ष
Compare →
Arthasansar
8h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →
Nagarik News
13h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु
Compare →

Related Stories

Sports
Build #2611