Trending
Prev Story
Next Story

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

Ekantipur •
November 09, 2026 • 10:31 AM
1
1 reads 0 reactions

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्

वासिङ्टन — चीनले  दुर्लभ खनिजको निर्यातलाई थप दुई महिना नियन्‍त्रण नगर्ने भएको छ ।  चीनले अप्रिल २०२५ मा केही दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण सुरु गरेको थियो ।

सोही वर्षको अक्टोबरमा यसको दायरा अझ फराकिलो बनाउँदै औद्योगिक प्रयोजनका हिरा र लथियम ब्याट्री प्रविधिमाथि नयाँ नियन्त्रणहरू थपेको थियो।

गत नोभेम्बरमा दक्षिण कोरियामा भएको सी र ट्रम्पबीचको शिखर सम्मेलनपछि यी नियन्‍त्रणहरुलाई एक वर्षका लागि स्थगन गरिएको थियो।

वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त वक्तव्यमा उक्त स्थगन आगामी जनवरी १० सम्म दुई महिनाका लागि लम्ब्याइएको जनाएको छ। मन्त्रालयले यसबाहेक अन्य कुनै पनि विस्तृत विवरण भने दिएको छैन।

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसै महिनाको अन्त्यमा दक्षिण चीनको सेन्जेनमा हुने एपेक (शिखर सम्मेलनमा सहभागी हुन जाँदैछन्, जहाँ उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#राष्ट्रपति #अमेरिकी
Compare →
Hamro Patro News
2h ago
५१ वर्षपछि चितवनमा देखियो दुर्लभ पुतली, संरक्षणकर्मी उत्साहित!

५१ वर्षपछि चितवनमा देखियो दुर्लभ पुतली, संरक्षणकर्मी उत्साहित!

चितवनको सौराहामा ५१ वर्षपछि नेपालमा दुर्लभ मानिएको ‘सिल्भर स्ट्रिक्ड अकेसिया ब्लु’ प्रजातिको पुतली देखिएको छ। सन् १९७४ मा मकवानपुरमा अन्तिमपटक अभिलेख गरिएको यो पुतली सन् २०२५ अगस्टमा चितवन राष्ट्र...

#दुर्लभ
Compare →
Onlinekhabar
8h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#चीन
Compare →

Related Stories

World News
Build #2611