Trending
Prev Story
Next Story

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

Nagarik News •
November 09, 2026 • 03:49 AM
1
1 reads 0 reactions

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका हुन्।

परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उनले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाएका छन्। उनले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बेच्दै आएका छन्।

“गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,” रानाले भने, “बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ अरू आम्दानीको स्रोत छैन यसैबाट घरखर्च चलेको छ।”

उनले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आएका छन्।

गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी गर्दै आएको रानाले बताए। “गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक रु दुई/दुई लाख आम्दानी हुन्छ”, रानाले भने, “२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु।”

उनले यस वर्ष प्याजको बेर्ना मात्रै २५ हजार रुपैयाँको बिक्री गरेको बताए। यसबाहेक अन्य बन्दा, काउली लगायत तरकारीको बेर्ना बिक्रीबाट एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उनले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिए। “तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ। प्रतिबोट दुईदेखि तीन रुपैयाँसम्म बिक्री गर्छु”, उनले भने, “बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पदैन।”

गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ। “घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ त्यहाँ गहुँ र धानको बीउ बिक्री गर्छु”, उनले भने, “मेरो कुनै रोजगारी छैन खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु। छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ।”

उनको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ। विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०९:३४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि ब...

#बेर्ना #उत्पादन #तरकारी
Compare →
Ekantipur
51m ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

#उत्पादन #दशक
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#आम्दानी #बिक्री
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#उत्पादन
Compare →

Related Stories

Technology
Build #2611