Trending
Prev Story
Next Story

सन्धिखर्कमा प्रदेश स्तरीय भलिबल प्रतियाेगिता मंसिर १० देखि

Ekantipur •
November 09, 2026 • 04:31 AM
1
1 reads 0 reactions

सन्धिखर्क नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट करिब ३० टोली सहभागी हुने अपेक्षा गरिएको छ।

सन्धिखर्कमा प्रदेश स्तरीय भलिबल प्रतियाेगिता मंसिर १० देखि

सन्धिखर्क नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट करिब ३० टोली सहभागी हुने अपेक्षा गरिएको छ।

अर्घाखाँची — सदरमुकाम सन्धिखर्क टुडिखेल खेल मैदानमा लुम्बिनी प्रदेश स्तरीय भलिबल प्रतियाेगिता सञ्चालन हुने भएको छ ।

सन्धिखर्क नगरपालिकाले आयोजना गर्न लागेको साे प्रतियाेगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडी टिमले भाग लिन पाउनेछन् । मंसिर १० देखि सुरू हुने प्रतियाेगितामा ३० टिम सहभागी हुने अपेक्षा आयाेजकले गरेको छ ।

सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमाेद खनालले खेल प्रतियाेगितामा प्रथम हुने टोलीले एक लाख ५० हजार, द्वितीयले एक लाख र तृतीय हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने बताए । याे सबैभन्दा ठूलो पुरस्कार राशीकाे खेल भएको उनलेे बताए । टुडिखेलमा यसअघि अर्घाखाँची युवा परिषद्ले प्रथम पुरस्कार एक लाख रूपैयाँ राशिको राखेर खेल आयाेजना गरेको थियोे ।

नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पहाडी जिल्लामा भलिबलको क्रेज भएकोले खेलकुदकाे प्रबर्द्धन, प्रतिभा खेलाडीको पहिचान र लुम्बिनी प्रदेशका भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । भलिबल प्रतियाेगिता हुँदा सदरमुकाम सन्धिखर्क आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
१३० देखि १४० रन बनाउन सकेको भए खेल जित्न सक्थ्यौँ : गुल्शन झा

१३० देखि १४० रन बनाउन सकेको भए खेल जित्न सक्थ्यौँ : गुल्शन झा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्शन झाले ब्याटिङ राम्रो हुन नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । खेलप...

#लुम्बिनी #देखि
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना #देखि
Compare →
Onlinekhabar
14h ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#मंसिर #देखि
Compare →

Related Stories

National (Nepal)
Build #2611