काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्कीको आन्तल्यामा आजबाट सुरु हुँदैछ । नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४) सम्म आयोजना हुने यो सम्मेलनमा नेपालको तर्फबाट पनि परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आन्ताल्या पुगिसकेको छ ।
यो सम्मेलनमा नेपालले पनि जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानीबापत क्षतिपूर्ति पाउनुपर्ने र जलवायु वित्तको परिचालन उल्लेख्य रूपमा बढाउनुपर्ने मागसहित कोप–३१ सम्मेलनमा प्रस्तुत गर्ने राष्ट्रिय धारणा (पोजिसन पेपर) तयार पारेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने विषयलाई पनि नेपालले आफ्नो प्रमुख अडानका रूपमा अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )