Trending
Prev Story
Next Story

साउदीमा उच्च दक्ष कामदारले आफूसँगै परिवारका सदस्यलाई ल्याउन बाटो खुल्यो

Ekantipur •
October 06, 2026 • 08:12 PM
1
1 reads 0 reactions

नयाँ व्यवस्थाअनुसार कामदारले श्रीमान् वा श्रीमती, २५ वर्षभन्दा कम उमेरका छोरा तथा अविवाहित छोरीलाई साउदी अरेबिया ल्याउन सक्नेछन् ।

साउदीमा उच्च दक्ष कामदारले आफूसँगै परिवारका सदस्यलाई ल्याउन बाटो खुल्यो

नयाँ व्यवस्थाअनुसार कामदारले श्रीमान् वा श्रीमती, २५ वर्षभन्दा कम उमेरका छोरा तथा अविवाहित छोरीलाई साउदी अरेबिया ल्याउन सक्नेछन् ।

काठमाडौं — साउदी अरबले उच्च दक्षता भएका विदेशी कामदारलाई परिवारका आश्रित सदस्यलाई समेत ल्याउन पाउने नयाँ व्यवस्था लागू गरेको छ ।

साउदीको गृह मन्त्रालय ले मंगलबार सार्वजनिक गरेको जानकारीअनुसार यो व्यवस्था परराष्ट्र मन्त्रालय तथा मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा लागू गरिएको हो । यसले साउदीमा बसोबास गर्ने विदेशीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

नयाँ व्यवस्थाअनुसार कामदारले श्रीमान् वा श्रीमती, २५ वर्षभन्दा कम उमेरका छोरा तथा अविवाहित छोरीलाई साउदी अरेबिया ल्याउन सक्नेछन् । गृह मन्त्रालयका अनुसार उच्च दक्ष विदेशी कामदारको रोजगार भिसा प्रक्रिया पूरा हुने क्रममा आवश्यक सबै सर्त पूरा भएमा उनका परिवारका सदस्यका लागि प्रवेश भिसा पनि एकैसाथ जारी गर्न सकिनेछ ।

परिवारका सदस्य साउदी अरेबिया पुगेपछि प्रचलित कानुन तथा नियमअनुसार उनीहरूको आवास अनुमति (इकामा)सम्बन्धी प्रक्रिया पूरा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले पछिल्ला वर्षहरूमा दक्ष विदेशी जनशक्ति आकर्षित गर्न नीतिमा सुधार गर्दै आएको छ । नयाँ व्यवस्थाले विशेषगरी उच्च सीप भएका विदेशी कामदारलाई साउदीमा बस्न र काम गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी
Compare →
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#साउदी
Compare →

Related Stories

National (Nepal)
Build #2612