काठमाडौँ । चीनमा जारी यू–१९ महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपाल र हङकङबिच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका छन् ।
नेपालले यसअघि चीनमा सम्पन्न बेल्ट एन्ड रोड यू–१९ टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको थियो । नेपाली युवा महिला टोलीले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
Read full story at source ( ratopati.com )