अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए
पेरिस — दक्षिण-पश्चिम फ्रान्सको ओस सहरमा एक प्रहरी अधिकृतको घर शनिबार आगजनीबाट पूर्ण रूपमा नष्ट भएको छ।
अधिकारीहरूका अनुसार उक्त घटना नियोजित आक्रमण भएको आशंका गरिएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।
गृहमन्त्री नुनेजले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै भनेका छन्, 'प्राप्त सबै प्रमाणहरूले यो असह्य आपराधिक कार्य प्रहरी अधिकृतको पेसाकै कारण गरिएको स्पष्ट संकेत गर्छन्।'
अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको उनले जानकारी दिएका छन्।
'घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याउनका लागि आवश्यक सबै स्रोत र साधन परिचालन गरिनेछ,' गृहमन्त्री नुनेजले थपे।