Trending
Prev Story
Next Story

भोटेकोशी बाढी पीडित ऋणीलाई किस्ता तिर्ने म्याद पुससम्म थप

Ekantipur •
October 13, 2026 • 07:24 PM
1
1 reads 0 reactions

बाढी प्रभावित क्षेत्रमा बैंकहरूद्धारा २ अर्ब ४२ करोड बराबरको ऋण प्रवाह

भोटेकोशी बाढी पीडित ऋणीलाई किस्ता तिर्ने म्याद पुससम्म थप

बाढी प्रभावित क्षेत्रमा बैंकहरूद्धारा २ अर्ब ४२ करोड बराबरको ऋण प्रवाह

काठमाडौँ — भोटेकोशी बाढी पीडित ऋणीले ऋणको साँवा ब्याज तिर्न आउँदो पुससम्म म्याद पाएका छन् । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ऋणको साँवा ब्याज तिर्ने म्याद पुससम्म थप गर्न निर्देशन दिएको हो । यसअघि किस्ता तिर्ने अवधि असाेजसम्म रहेकाे थियाे ।

भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकमलगायतका आधारमा साँवा ब्याज भुक्तानीको माग थप्न निर्देशन दिएको हो ।

निर्देशनमा ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा र/वा ब्याज) भुक्तानी गर्ने समयावधि इजाजतपत्रप्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप राष्ट्र बैंकले भनेको छ ।

भोटेकोशी बाढीले पुर्याएको क्षतिबारे सरकारले पनि अध्ययन गरिरहेको छ । अध्ययन सकिएपछि प्रतिवेदनको सुझाबका आधारमा पीडितका लागि थप सुविधा ल्याइने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘यसअघि किस्ता तर्ने म्याद असोजसम्म मात्र थियो । अहिले त्यसलाई बढाएर पुससम्म बनाइएको हो । पीडितका लागि बाँकी सुविधा पनि आउँदै गर्छन,’ प्रवक्ता पौडेलले भने ।

बाढी प्रभावित क्षेत्रमा बैंकहरूले २ अर्ब ४२ करोड बराबरको ऋण प्रवाह गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#भोटेकोशी #बाढी
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बाढी
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Business & Economy
Build #2612