उज्यालो, उमङ्ग र उत्साहको सन्देश बोकेर आउने दोस्रो ठुलो चाड तिहार नेपालीको आस्था मात्र नभई विविधतामा एकता, सहिष्णुता र आपसी सद्भाव हो । यो महान् सांस्कृतिक उत्सव कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । यो पर्वमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु अनि गोवर्धनको पूजा र दिदीबहिनीले आफ्ना दाजुभाइको सप्तरङ्गी टीकाका साथ मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिएर विभिन्न प्रकारका मसला उपहार दिएर दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने परम्परा रहेको छ । यो अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
पौराणिक कथा अनुसार यमलोकका मालिक यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर बहिनीको घरमा गएको र आफ्नो दाजु आएको खुसियालीमा बहिनी यमुनाले दीपावली गरी पूजा गरेकी थिइन् । त्यसैको सम्झनास्वरूप अहिले पनि हिन्दु परम्परामा तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई पुज्ने परम्परा कायमै छ ।
Read full story at source ( gorkhapatraonline.com )