काठमाडौं : इरानका अपदस्थ अन्तिम राजा मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीलाई प्रदान गरिएको ‘स्वतन्त्रता पुरस्कार’ विवादमा परेको छ । जर्मनीको फ्र्याङ्कफर्टस्थित सेन्ट पल चर्चमा शनिबार आयोजित समारोहमा उनले इरानी जनताको नाममा उक्त पुरस्कार ग्रहण गरेका हुन् ।
फ्रेडरिक नउमान फाउन्डेसनले प्रदान गरेको पुरस्कार ग्रहण गर्न पुगेका पहलवीलाई हजारौँ समर्थकले स्वागत गरेका थिए । उनीहरूले सन् १९७९ को इस्लामिक क्रान्तिअघिको इरानी झण्डासमेत प्रदर्शन गरेका थिए ।
Read full story at source ( annapurnapost.com )