कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका दुवै खेलका खेलाडीलाई आइतबारदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न सम्बन्धित संघलाई निर्देशन दिएको हो।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कर्णाली प्रदेशका ब्याडमिन्टन र ह्यान्डबल खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने भएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका दुवै खेलका खेलाडीलाई कात्तिक २२ गतेदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न सम्बन्धित संघलाई निर्देशन दिएको हो।
परिषद्का सदस्यसचिव रविन्द्र चन्दले कर्णाली प्रदेश ब्याडमिन्टन संघ र ह्यान्डबल संघलाई छुट्टाछुट्टै पत्र पठाउँदै राष्ट्रिय खेलकुद परिषद्ले तोकेको कोटाको अधीनमा रही बन्द प्रशिक्षण सञ्चालन गर्न अनुरोध गरेका छन्।
परिषद्को कात्तिक २१ गते बसेको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप छनोट भएका दुवै खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।