काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्धको ब्याटिङ पावर प्लेमा लुम्बिनी लायन्सको ब्याटिङ धराशायी बनेको छ । शनिबार (कात्तिक ३१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुरुआती ६ ओभरमा पाँच ब्याटर गुमायो ।
लुम्बिनीले १.२ ओभरमा डार्सी सर्टलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । चार रन बनाएका उनी जाहानडाड खानको बलमा ‘एड्ज’ लागेर विकेटरकिपर सोहिल पटेलबाट क्याच हुन पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )