काठमाण्डु । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाजबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। अहिले खेलको पहिलो पावर प्ले सकिएको छ । यो समाचार तयार पार्दासम्म काठमाण्डुले बलियो सुरुवात गरेको छ । उसका डेविड वार्नर र साहिल पटेलले उत्कृष्ट सुरुवात गरेका छन् । पावर प्ले सकिँदा काठमाण्डुले ४५ रन बनाएको छ ।
लुम्बिनी रोहित पौडेल र काठमाण्डु करण केसीको नेतृत्वमा मैदान उत्रेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )