काठमाडौँ । सरकारले साइबर सुरक्षाका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी अघि बढाएको छ । डिजिटल मिडिया फाउण्डेशनद्वारा शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा बोल्दै प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकालले उक्त जानकारी दिए ।
ढकालका अनुसार सरकारले आगामी ६ महिनाभित्र मन्त्रिपरषदबाट पारित गरी त्यससम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारीसहित विधेयक ड्राफ्टको काम भइरहेको छ । डाटा सुरक्षा नीतिबारे संविधानमै स्पष्ट व्यवस्था भएकाले सरकारले बोर्ड स्थापना गर्न लागेको ढकालको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )