Trending
Prev Story
Next Story

छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

Nagarik News •
November 10, 2026 • 08:41 AM
1
1 reads 0 reactions

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ।

छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री बालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृंगार्ने तयारी भइरहेको छ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ।

दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ। त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृंगारिने काम सुरु भएको छ। त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृंगार थालिएको साहले बताए।

उनका अनुसार यहाँस्थित गंगासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ। विशेषगरी गंगासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शृंगारलाई तीव्रता दिइएको छ।

जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल विस्तारै बढेको छ। छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्ण बताउँछिन्।

छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन्। ती समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजासामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन्।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ। रासस

प्रकाशित: २४ कार्तिक २०८३ १४:२६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व...

#जनकपुरधाम #पर्व #तयारी
Compare →
Bizshala
15h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#तयारी #पर्व
Compare →
Ekantipur
11h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#तयारी
Compare →
Arthasansar
14h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व
Compare →
Onlinekhabar
17h ago
छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …

#पर्व
Compare →

Related Stories

Sports
Build #2611