भक्तपुर– घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।
आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । आज बजारमा एउटा मखमली फूलको माला ८० मा व्यापारीले बिक्री गरिरहेका छन् । घरदैलोमा आएका व्यापारी एवं बिचौलिया गुण्डुका किसानबाट शुक्रबारसम्म मखमली फूलको प्रतिमाला २२ देखि २५ सम्ममा खरिद गरेकोमा आजदेखि किसानको घरदैलोबाटै ३० देखि ३५ रुपैयाँमा खरिद गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )