Trending
Prev Story
Next Story

दुई सशस्त्र प्रहरीसहित चार जना पक्राउ

Nagarik News •
November 07, 2026 • 02:11 AM
1
1 reads 0 reactions

सुर्खेतमा लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन्।

दुई सशस्त्र प्रहरीसहित चार जना पक्राउ

सुर्खेतमा लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारी पक्राउ परेका छन्। प्रहरीले सशस्त्र प्रहरीसहित चार जना पक्राउ परेका हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१३ का २३ वर्षीय रूपेश घर्ती मगर र २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर–१२ का ३२ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन्।

प्रहरीले सुरुमा रूपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा नवराज चालिसे र बालाराम पौडेललाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। यससँगै उनीहरूबाट कुल १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ।

ब्युरोका अनुसार पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रूपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिपत्रसमेत फेला परेको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०७:५६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
चौपाया तस्कर र सशस्त्र प्रहरीबिच झडप

चौपाया तस्कर र सशस्त्र प्रहरीबिच झडप

नेपालबाट भारततर्फ चौपाया लैजान खोज्ने चौपाया तस्कर र सशस्त्र प्रहरीबिच नेपाल–भारत सिमास्थित झापा गाउँपालिकाको लसुनगञ्ज सिमा क्षेत्रमा झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् । झापा गाउँपालिका –१ ल...

#सशस्त्र
Compare →
Onlinekhabar
4d ago
नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

२३ कात्तिक, काठमाडौं । गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ । नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस अनुसार दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको गृह …

#सशस्त्र
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र
Compare →
Ekantipur
2d ago
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2611