Trending
Prev Story
Next Story

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

Ekantipur •
November 11, 2026 • 02:31 PM
1
1 reads 0 reactions

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।

कञ्चनपुर — कति वर्ष भयो ठ्याक्कै थाहा छैन । श्रीमान्‌लाई माओवादी कमान्डर भएको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेको ठिक एक वर्ष भएको थियो । भदौको महिना थियो । छोराहरू सानै थिए । खाना खाएर सुतेकी थिइन् । निद्रा लागिसकेको थिएन । एक्कासि कसैले ढोका ढक्ढक्यायो । आवाज सुनिनसक्दै दुई/तीन जना ओछ्यानमै पुगिहाले ।

यति कुरा गर्दा शुक्लाफाँटा नगरपालिकाकी ५५ वर्षीया रामकुमारी (नाम परिवर्तन) का आँखा रसाइहाले । करिब अढाई दशकअघि आफूमाथि भएको अत्याचार उनले अहिलेसम्म कसैसँग यसरी खोलेकी थिइनन् । सुरुमा डर लाग्थ्यो । अहिले भनेर पनि के हुने हो ? भन्ने भएका कारण उनले आफूमाथि भएको घटना कहीँकतै खोलेकी छैनन् ।

घटना २०५८ भदौको हो । बाहिर झमझम पानी परिरहेको थियो । रातिको समयमा सुरक्षाकर्मीको टोली एकपछि अर्को गर्दै उनको घरभित्र पसेर उनलाई जबर्जस्ती करणी गरे । जुन पीडा उनी अहिले पनि खुलाउन सकिरहेकी छैनन् । उक्त घटनाको ठिक एक वर्षअघि उनका श्रीमान्‌लाई सुरक्षाकर्मीले नै माओवादी भएको आरोपमा गोली हानी हत्या गरेका थिए ।

रातिको समयमा उनीमाथि कतिले बलात्कार गरे केही थाहा छैन । सुरक्षाकर्मीले बन्दुक र लात्तीले हान्दै माओवादी पाल्ने भन्दै हल्ला गरे, गोली ठोक्ने धम्की दिए । ‘एक–दुई जनासम्म त थाहा थियो, त्यसपछि बेहोस भइहालेँ, बिहान बच्चाले उठाएपछि मात्रै होस आयो,’ उनले भनिन्, ‘त्यसपछि त दुई महिनाजति आफ्नो घरमा सुतिनँ, नजिकै रहेको छिमेकीको घरमा लुकेर बसेँ ।’ उक्त घटनापछि पनि सुरक्षाकर्मीहरू उनलाई खोज्दै आएको थाहा पाएकी थिइन् । त्यही डरले उनले दुई महिनासम्म छिमेकीको जीर्ण घरमा बसेर बिताइन् ।

सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । जताततै त्रास थियो । कोही कसैका विषयमा बोल्न सक्ने अवस्था थिएन । ग्रामीण भेगमा झन् एकातिर माओवादीको त्रास थियो भने अर्कातिर सुरक्षाकर्मी आएर माओवादीलाई बास र खाना दिएको भन्दै उल्टै कुटपिटदेखि यातना दिने र ज्यानै मार्नेसम्मका घटना भइरहेका थिए ।

रामकुमारी पनि त्यही दोहोरो डरमा थिइन् । राति माओवादी आएर खाना र बास माग्ने । नदिए ज्यानै मार्ने धम्की दिने । दिनमा सुरक्षाकर्मी आएर माओवादी पाल्ने भन्दै कुटपिट गर्ने तथा ज्यानै लिनेसम्मको जोखिम । उनका श्रीमान्‌लाई सुरक्षाकर्मीको फौजले माओवादी भएकै आरोपमा गोली ठोकी हत्या गरेको हो । उनका श्रीमान् ग्रामीण भेगमा ज्यालामजदुरी र खेतीकिसानी गर्थे । उनी माओवादी वा तिनका सुराकी केही पनि थिएनन् । त्यसपछि उनीमाथि पनि सुरक्षाकर्मीले जबर्जस्ती गरे ।

‘त्यो पीडा मैले कसैसँग पोखिनँ, माइतीमा समेत भन्न सकिनँ,’ उनले भनिन्, ‘अब त झन् छोराछोरीहरू ठूला भइसके, मलाई पनि कहाँ भनेर के हुने हो र ? भन्ने हुन्छ ।’ सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएकाहरूको हकमा सरकारले राहत तथा उपचार खर्च दिएको छ । तर उनीजस्ता पीडितको हकमा भने अहिलेसम्म कुनै राहत वा उपचार खर्चको व्यवस्था छैन ।

रामकुमारीले आफूमाथि भएको हिंसाबारे कतै पनि उजुरी वा गुनासो गरेकी छैनन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा समेत उजुरी दिएकी छैनन् । ‘छोराछोरी ठूला भइसके, उनीहरूले थाहा पाउँछन् कि भन्ने डर हुन्छ,’ उनले भनिन्, ‘मेरा कारण छोराछोरीलाई अप्ठेरो नहोस् भन्ने हो ।’

अहिले पनि उनलाई एक्लो हुँदा त्यही कुराले सताउँछ । उनलाई अन्य पीडितलाई जस्तै राहत र आफूजस्ता पीडितको गुनासो सुनाउन सकिने वातावरण बनाइदिए हुन्थ्यो जस्तो लाग्छ । तर कताकता फेरि गाउँसमाजको डरले उनी आफ्नै दिनचर्यामा आफूलाई व्यस्त राखेर भुलाउन खोज्छिन् ।

‘उजुरी हालेकाहरूले पनि त न्याय पाएका छैनन्, हामीले कसरी न्याय पाउनु,’ उनले भनिन्, ‘हाम्रो पीडा सुन्ने कोही होइन, हाम्रा दुःखपीडा हामीसँगै छन् ।’ ३० वर्षको उमेरमा उनीमाथि भएको हिंसाको पीडा अहिले बुढेसकालमा समेत भोगिरहेकी छन् । तर त्यसबापत राज्यले उनीजस्ता पीडितलाई न्याय दिन त सकेन, उनीहरूलाई द्वन्द्वपीडितसरहको सेवासुविधासमेत दिन सकेको छैन ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैन...

#सशस्त्र #द्वन्द्व #पीडा
Compare →
Nagarik News
4h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#सशस्त्र
Compare →
Onlinekhabar
1d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#सशस्त्र
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र
Compare →

Related Stories

Technology
Build #2611