Trending
Prev Story
Next Story

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

Onlinekhabar •
November 09, 2026 • 12:30 PM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ । नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस अनुसार दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको गृह …

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

२३ कात्तिक, काठमाडौं । गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस अनुसार दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको प्रगति विवरणमा उल्लेख भए अनुसार नेपाल प्रहरीमा कुल दुई हजार १९४ दरबन्दी थप गर्न लागिएको छ ।

जनपद तर्फ एक हजार ६६४ र प्राविधिक तर्फ ५३० दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार गरिएको छ ।

साथै, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न गठित समितिको सिफारिस अनुसार एक हजार ७७४ दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार गरिएको प्रगति विवरणमा उल्लेख छ ।

हाल नेपाल प्रहरीमा कुल स्वीकृत दरबन्दी ७९, हजार ५४१ जना रहेको छ ।

सशस्त्र प्रहरी बल नेपालमा कुल स्वीकृत दरबन्दी ३७ हजार १५३ जना रहेको छ ।

गृह मन्त्रालयले थप गर्न गृहकार्य गरिरहेको दरबन्दी प्रस्ताव स्वीकृत भएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

२३ कात्तिक, काठमाडौं । गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ । नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिक...

#मन्त्रिपरिषद् #दरबन्दी #सशस्त्र
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र
Compare →
Nagarik News
2d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#सशस्त्र
Compare →
Ekantipur
2d ago
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2611