Trending
Prev Story
Next Story

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

Onlinekhabar •
November 07, 2026 • 02:30 AM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको छ ।

पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् ।

शुक्रबार संसद्को माथिल्लो सदन सिनेटमा भएको मतदानमा आफ्नै दलका सांसदसमेतले साथ दिएपछि पेना पदमुक्त भएका हुन् । उनीमाथि पदको दुरुपयोग र अनियमिततामा संलग्न भएको आरोप लगाइएको छ ।

पेनाले बिहीबार नै राष्ट्रपतिबाट राजीनामा दिने घोषणा गरेका थिए । तर संसद्ले उनको राजीनामा स्वीकार गर्नुको सट्टा महाअभियोग प्रक्रिया अघि बढाएर पदबाट हटाउने निर्णय गरेको थियो । यससँगै उनले पूर्वराष्ट्रपतिका रूपमा पाउने आजीवन सिनेट सदस्यको हैसियत र कानुनी उन्मुक्तिसमेत गुमाएका छन् ।

पेना गत वर्षसम्म बैंकको स्वामित्व रहेको कम्पनीमा सेयरधनी थिए । तर उनले आफू कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

पाराग्वेको केन्द्रीय बैंकले डिजिटल बैंक युएनोलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्पन्न आर्थिक संकटले राजनीतिक रूपसमेत लिएको हो । बैंकको कारोबार बन्द भएपछि करिब ३० लाख ग्राहक आफ्नो बचत तथा बैंकिङ सेवाबाट वञ्चित भएका छन् । यो संख्या पाराग्वेको कुल जनसंख्याको झन्डै आधा हो ।

बैंकमा सर्वसाधारणको बचतसँगै पेन्सन तथा सरकारी निकायको ठूलो रकमसमेत जम्मा रहेको थियो । निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेपछि राजधानी असुन्सियनसहित देशका विभिन्न स्थानमा व्यापक प्रदर्शन भइरहेको छ ।

पेनालाई पदबाट हटाउनुअघि लगाइएको महाअभियोग प्रस्तावमा स्वार्थको द्वन्द्व, नियामकीय निगरानीमा हस्तक्षेप, पेन्सन कोषको रकम दुरुपयोग तथा केन्द्रीय बैंकसँग सम्बन्धित विषयमा संस्थागत अनियमितता लुकाउन भूमिका खेलेको आरोप लगाइएको थियो ।

पाराग्वेका सरकारी वकिल सिल्भिया मार्गरिटा गोन्जालेज भेस्टरका अनुसार पेनासँग शनिबार विश्वासको दुरुपयोग, प्रभावको व्यापार र सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी आरोपमा सोधपुछ गरिनेछ ।

युएनो बैंक प्रकरणले पाराग्वेमा पछिल्लो समय ठूलो राजनीतिक तथा आर्थिक संकट निम्त्याएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
15h ago
मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

मलाई घरमै नजरबन्द गरिएको छ : सोनम वाङ्चुक

लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेका छन्।

#घरमै #नजरबन्द
Compare →
Hamro Patro News
3d ago
नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् र राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन्।

#राष्ट्रपति
Compare →
Arthasansar
3d ago
नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

#राष्ट्रपति
Compare →
Ekantipur
11h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#राष्ट्र-बैंक #बचत
Compare →

Related Stories

Business & Economy
Build #2611