Trending
Prev Story
Next Story

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

Ekantipur •
November 07, 2026 • 01:01 AM
1
1 reads 0 reactions

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ ।

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ ।

न्युयोर्क — यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसंघीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसंघले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले हिरासतमा रहेका कर्मचारीलाई आवश्यक उपचार उपलब्ध गराउन र परिवारसँग नियमित सम्पर्क गर्न

दिनुपर्ने बताएका छन् । उहाँले अल शमीको मृत्युको मिति, कारण र परिस्थितिबारे स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए ।

अल शमीको शव गत साता परिवारलाई बुझाइएको थियो । परिवारका अनुसार उहाँको मृत्यु करिब एक महिनाअघि भए पनि त्यसबारे जानकारी हालै मात्र दिइएको थियो । हुथी हिरासतमा मृत्यु हुने उनी दोस्रो राष्ट्रसंघीय कर्मचारी छन् ।

सन् २०२४ जुनमा हुथीहरूको धरपकडका क्रममा अल शमीसहित १३ जना राष्ट्रसंघीय कर्मचारी पक्राउ परेका थिए । हाल हुथी नियन्त्रणमा १०० भन्दा बढी कर्मचारी स्वेच्छाचारी रूपमा हिरासतमा रहेको विश्वास गरिएको

छ । राष्ट्रसंघले उनीहरूको अवस्था, उपचार र सुरक्षाबारे तत्काल प्रमाणित जानकारी उपलब्ध गराउन पनि माग गरेको छ ।

यसैबीच, राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसाका कारण ताइज प्रान्तमा मात्रै करिब १ लाख ३५ हजार मानिस विस्थापित भएका छन् । राष्ट्रसंघले द्वन्द्व प्रभावित नागरिकको सुरक्षा र विस्थापित समुदायसम्म सुरक्षित तथा निर्बाध मानवीय सहायता पुर्‍याउन सबै पक्षसँग आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#हुथी
Compare →
Arthasansar
14h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Nagarik News
19h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#राष्ट्रसंघ
Compare →
Onlinekhabar
1d ago
संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका …

#राष्ट्रसंघ
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रिहा
Compare →

Related Stories

World News
Build #2611