Trending
Prev Story
Next Story

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

Ekantipur •
November 07, 2026 • 01:01 AM
1
1 reads 0 reactions

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

वासिङ्टन — मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन् ।

ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त टोपी प्रदर्शन गरेका थिए । यसअघि पनि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको रातो टोपीसहितको तस्बिर सार्वजनिक गरेका थिए ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिले कंग्रेसबाट पारित विधेयकमा भिटो लगाउन सक्छन् । तर त्यसलाई उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ ।

फक्स न्युजसँग कुरा गर्दै उनले राष्ट्रपतीय भिटो अमेरिकी राष्ट्रपतिका शक्तिशाली संवैधानिक अधिकारमध्ये एक भएको बताएका छन् । विपक्षी दलले आफूलाई अस्वीकार्य विधेयक ल्याए त्यसलाई भिटो गर्ने पनि उनको चेतावनी थियो ।

यद्यपि, आगामी दुई वर्ष सबै विधेयकमा भिटो लगाएर बिताउने आफ्नो चाहना नरहेको उनले पोलिटिकोसँग बताएका छन् । डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्प प्रशासनमाथि कंग्रेसको निगरानी, अनुसन्धान र सुनुवाइ बढ्ने तथा राष्ट्रपतिका न्यायिक र मन्त्रिपरिषद्सम्बन्धी नियुक्ति रोकिन सक्ने सम्भावना छ ।

भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले निर्वाचन परिणामलाई ट्रम्पप्रति जनताको ठूलो अस्वीकृतिको संज्ञा दिएका छन् । उनले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २ सय ५० भन्दा बढी सिट जित्न सक्ने दाबी गर्दै मतदाताको मुख्य चिन्ता बढ्दो जीवनयापन खर्च र जारी युद्ध रहेको बताए ।

स्वास्थ्य सेवा, बाल हेरचाह र दैनिक उपभोग्य वस्तुको खर्च घटाउने विषयलाई डेमोक्रेटिक पार्टीले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#ट्रम्प #मध्यावधि #निर्वाचन
Compare →
Onlinekhabar
4d ago
अझै बलियो भएर फर्किने ट्रम्पको वाचा

अझै बलियो भएर फर्किने ट्रम्पको वाचा

२३ कात्तिक, एएफपी । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी …

#ट्रम्प #निर्वाचन
Compare →
Nagarik News
4d ago
म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।

#ट्रम्प
Compare →
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#ट्रम्प
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611