Trending
Prev Story
Next Story

म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

Nagarik News •
November 09, 2026 • 10:23 AM
1
1 reads 0 reactions

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।

म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको र मृत्युपछि स्वर्ग जाने आशा राखेको बताएका छन्। तर स्वर्ग जानका लागि आफ्ना राजनीतिक विरोधीलाई माफ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्ने उनको भनाइ छ।

सीबीएसको चर्चित कार्यक्रम ‘६० मिनेट्स’ मा पत्रकार रस डाउथटसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन्।

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।

जवाफमा ट्रम्पले भने, ‘मलाई आशा छ, मेरो अनुपस्थिति महसुस गरिनेछ।’

पत्रकारले प्रश्नको आशय स्पष्ट पारेपछि ट्रम्पले आफू धार्मिक व्यक्ति भएकाले सैद्धान्तिक रूपमा स्वर्ग जाने विश्वास राख्ने बताए। उनले भने, ‘म धार्मिक व्यक्ति हुँ, त्यसैले सिद्धान्ततः म स्वर्ग जान्छु। मलाई आशा छ, त्यस्तै होस्। म नर्क जान चाहन्नँ।’ त्यसपछि डाउथटले स्वर्ग जानका लागि आफ्ना राजनीतिक विरोधीलाई समेत माफ गर्न सक्नुहुन्छ कि भनेर ट्रम्पलाई सोधे। उनले जेम्स कोमी र न्यान्सी पेलोसीजस्ता राजनीतिक व्यक्तित्वलाई माफ गर्न सक्नेबारे सोधेका थिए।

जवाफमा ट्रम्पले भने, ‘सत्य भन्नुपर्दा, सक्दिनँ।’ थप प्रश्न गर्दा उनले हो भन्नु सजिलो जवाफ हुने भए पनि आफूले त्यसो गर्न नसक्ने बताए। उनले भने, ‘म सायद त्यसो गर्न सक्दिनँ। किनकि म मेरा केही शत्रुलाई घृणा गर्छु र सधैं गरिरहनेछु।’

अन्तर्वार्ताका क्रममा ट्रम्पले अज्ञात उड्ने वस्तु (यूएफओ) बारे पनि कुरा गरेका थिए। उनले पहिलो र दोस्रो कार्यकालमा अमेरिकी वायुसेनाका अनुभवी पाइलटहरूसँग भेटेको र उनीहरूले आफूलाई अनौठा अनुभव सुनाएको बताए।

‘म यस्ता कुरामा धेरै विश्वास गर्दिनँ। तर मैले ओभल अफिसमा वायुसेनाका पाइलटहरूसँग भेटेको छु। उनीहरू षड्यन्त्रका कुरा गर्ने व्यक्ति होइनन्। उनीहरू उत्कृष्ट पाइलट हुन् र उनीहरूले मलाई निकै अनौठा कुरा सुनाएका छन्,’ ट्रम्पले भने।

उनले ती पाइलटहरूको शारीरिक बनावट र कपालको शैलीको समेत प्रशंसा गर्दै आफूलाई पनि उनीहरूजस्तै कपाल काट्न मन लागेको बताएका थिए।

प्रकाशित: २३ कार्तिक २०८३ १६:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Onlinekhabar
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#ट्रम्प
Compare →
Hamro Patro News
1d ago
युद्ध अन्त्यका लागि ट्रम्प कुटनीतिक प्रयासमा, इरानले दोहोर्‍यायो सर्त

युद्ध अन्त्यका लागि ट्रम्प कुटनीतिक प्रयासमा, इरानले दोहोर्‍यायो सर्त

खार्तुम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताइरहेका बेला इरानले भने स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना सर्त पूरा गर्नुपर...

#ट्रम्प
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611