Trending
Prev Story
Next Story

बूढानीलकण्ठमा कृषक सम्मेलन

Nagarik News •
November 06, 2026 • 03:57 PM
1
1 reads 0 reactions

काठमाडौंको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो ।

मेलाको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरे । कार्यक्रममा उनले चाडपर्वलाई लक्षित गरी बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषकबाट उत्पादित वस्तुलाई प्रदर्शनी गर्नुका साथै कृषक सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र उत्पादित स्थानीय तथा रैथाने कृषि र पशुजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कृषक सम्मेलन तथा प्रदर्शनी आयोजना गरिएको बताए । मेलामा स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थलगायत विभिन्न कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाले लघु तथा साना कृषक उद्यमीको पक्षमा काम गरिरहेको बताइन । उनले कृषकलाई अनुदान प्रदान गर्नेदेखि स्वस्थ्य कृषक कार्यक्रमसमेत नगरपालिकाले अगाडि सारेको उल्लेख गरिन ।

उनले किसानबाट उत्पादित रैथाने खानाको प्रवर्द्धनमा नगरपालिकाको सहयोग रहने बताइन । मेलामार्फत स्थानीय उत्पादनको अवलोकन तथा खरिद गरी स्थानीय कृषक र उत्पादकलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरवासी तथा सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ । मेला शनिबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित: २० कार्तिक २०८३ २१:४२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीको अन्ताल्यामा सुरु भएको छ । दुई सातासम्म सञ्चालन हुने सम्मेलनमा क...

#सम्मेलन
Compare →
Onlinekhabar
2h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →
Ekantipur
3h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#सम्मेलन
Compare →

Related Stories

Business & Economy
Build #2611