Trending
Prev Story
Next Story

चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

Nagarik News •
November 06, 2026 • 03:39 PM
1
1 reads 0 reactions

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले दिपावली, नेपाल सम्वत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताएका हुन्।

उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाटलगायतका घटना नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए। साथै पटका तथा विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भाव बिगार्ने गतिविधिप्रति सचेत रहन आग्रह गरे।

केसीले स्थानीय तह र सरोकारवालासँग समन्वय गरी आवश्यक सुरक्षा योजना बनाउन पनि निर्देशन दिए। प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई आफ्नो कार्यक्षेत्रको अनुगमन गरी कमजोरी समयमै सुधार गर्न उनले जोड दिए।

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

प्रकाशित: २० कार्तिक २०८३ २१:२४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण #पटका
Compare →
Onlinekhabar
4d ago
तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले …

#नियन्त्रण
Compare →
Hamro Patro News
4d ago
पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो । कार्तिक २३, २०८३ शंकर आचार्य पर्सा — दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्...

#पटका
Compare →
Bizshala
12h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →

Related Stories

National (Nepal)
Build #2611