Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको खेल

Ekantipur •
November 06, 2026 • 03:31 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा शुक्रबार पोखरा एजेन्जर्सलाई ३० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । यो जितपछि चितवनको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।पोखराले भने लगातार चौथो खेल गुमाएको छ र शून्य अंकमा पुछारमा छ । उसको प्ले अफ सम्भावना पनि लगभग समाप्त भएको छ । जितका लागि १ सय ५२ रन पछ्याएको पोखरा १९ ओभरमा १ सय २१ रन बनाएर अलआउट भयो ।

अर्जुन कुमाल ४४ बलमा ४५ रन बनाएर आउट भएपछि पोखराको सम्भावना कमजोर बनेको थियो । खराव लयमा रहेका कुशल भुर्तेल फेरि एकपल्ट असफल रहे र उनले चार रन मात्र जोडे । यसै खेलबाट उनले टिमको कप्तानी पनि गुमाएका छन् । उनका स्थानमा चमिका करुनारत्नेले टिमको नेतृत्व सम्हालेका थिए । अर्का ओपनर युवराज सम्राले १४ बलमा १९ रन बनाए र डान मोस्लीको बलमा बोल्ड भए । समिरा समराविक्रम पनि चार रनमै आउट भए । चितवनका रिजन ढकालले चार र कमल ऐरीले तीन विकेट लिए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा छ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । त्यसमा कप्तान सिकन्दर राजा र रवि बोपाराले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे । राजाले १६ बलमा ३७ बनाए भने बोपाराले २८ बलमा ३५ रन जोडे । राजाले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै बोपाराको ब्याटबाट तीन चौका र दुई छक्का निस्केको थियो । यसअघि अर्जुन साउदले डाविड मालनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । तर उनीहरू लगातार आउट भए । अर्जुनले २७ बलमा ३१ रन र मालनले २८ बलमा २८ रन बनाए । मोस्ली पनि दुई रन मात्र बनाएर सस्तोमै आउट भए । कुशल मल्लको ब्याटबाट ११ रन मात्र सम्भव भयो । पोखराका बलरमध्ये करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई दुई विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #चितवन
Compare →
Nagarik News
3h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #चितवन
Compare →
Onlinekhabar
3h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2611