Trending
Prev Story
Next Story

भारतको नयाँ अध्यागमन नियम: नेपाली र भुटानी नागरिकलाई सीमा वारपारमा परिचय खुल्ने कागजात अनिवार्य

Ekantipur •
November 06, 2026 • 12:02 PM
1
1 reads 0 reactions

भारतको संशोधित आदेशअनुसार नेपाल र भुटानका नागरिक तथा भारतीय यात्रुले प्रवेश–बहिर्गमनमा तोकिएका परिचयसम्बन्धी कागजात र आवश्यक जानकारी दिनुपर्नेछ।

भारतको नयाँ अध्यागमन नियम: नेपाली र भुटानी नागरिकलाई सीमा वारपारमा परिचय खुल्ने कागजात अनिवार्य

भारतको संशोधित आदेशअनुसार नेपाल र भुटानका नागरिक तथा भारतीय यात्रुले प्रवेश–बहिर्गमनमा तोकिएका परिचयसम्बन्धी कागजात र आवश्यक जानकारी दिनुपर्नेछ।

विराटनगर — भारतले नेपाल र भुटानसँगको आवतजावतसम्बन्धी अध्यागमन नियम संशोधन गर्दै दुवै देशका नागरिकले भारत प्रवेश गर्दा र बाहिरिँदा परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरेको छ ।

कोरोनापछि भारतले पूर्वी नाकामा ‘आइडी भेरिफिकेसन’ अनिवार्य गरेको थियो । जसअनुसार सीमामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी)ले परिचय जाँचेर मात्रै भित्रिन र बाहिरिन दिँदै आएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल वा भुटान जाने र त्यहाँबाट फर्कने भारतीय नागरिकले पनि अध्यागमन अधिकारीसमक्ष आफनो पहिचान खुल्ने कागजात पेस गर्नुपर्नेछ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले गत बुधबार ‘इमिग्रेसन एन्ड फरेनर्स (एक्जेम्सन) (अमेन्डमेन्ट) अर्डर, २०२६’ जारी गर्दै सन् २०२५ मा जारी अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी छुट आदेश संशोधन गरेको हो । मन्त्रालयले जारी गरेको आदेश भारतको राजपत्रमा प्रकाशित भएकै दिनदेखि लागू हुने उल्लेख छ ।

संशोधित व्यवस्थाअनुसार नेपाल वा भुटानबाट स्थलमार्ग वा हवाईमार्ग हुँदै भारत प्रवेश गर्ने तथा भारतबाट ती दुई मुलुक जाने भारतीय नागरिकले अध्यागमन अधिकारीसमक्ष भिसा म्यानुअलमा तोकिएका परिचय खुल्ने कागजातमध्ये कुनै एउटा देखाउनुपर्नेछ । अधिकारीले मागेको आवश्यक जानकारीसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल र भुटानका नागरिकले पनि भारत प्रवेश गर्दा वा भारतबाट बाहिरिँदा पनि यही प्रक्रिया पूरा गर्नुपर्नेछ । उनीहरूले पनि भिसा म्यानुअलमा तोकिएका कागजातमध्ये कुनै एउटा पेस गर्नुपर्नेछ । अध्यागमन अधिकारीले मागेको थप जानकारी दिनुपर्ने व्यवस्था पनि आदेशमा छ । तर, नेपाल र भुटानबाहेक अन्य मुलुकबाट भारत प्रवेश गर्ने वा ती मुलुक जाने नेपाली तथा भुटानी नागरिकलाई यो छुट लागू हुने छैन । त्यस्तो अवस्थामा उनीहरूसँग बैध राहदानी अनिवार्य गरिएको छ ।

त्यसैगरी चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत आउने नेपाली तथा भुटानी नागरिकले बैध राहदानी र भारतीय भिसा दुवै देखाउनुपर्नेछ । ती मुलुकमा ट्रान्जिट भएर आउनेलाई समेत यो व्यवस्था लागू हुनेछ ।

भारतीय नागरिकका हकमा पनि नेपाल वा भुटानबाहेक अन्य देश जाने वा त्यहाँबाट फर्कने क्रममा भारत–नेपाल वा भारत–भुटान सीमा प्रयोग गरेकै आधारमा राहदानीको अनिवार्यताबाट छुट पाइने छैन । त्यस्ता नागरिकसँग बैध राहदानी हुनुपर्ने र भारत प्रवेश वा बहिर्गमनका लागि तोकिएका अध्यागमन नाकामात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

के हो भिसा म्यानुअल? संशोधित आदेशमा ‘भिसा म्यानुअल’ भन्नाले केन्द्र सरकारले समय–समयमा जारी गर्ने भिसा, अध्यागमन तथा यससँग सम्बन्धित विषयका निर्देशन समेटिएको दस्तावेजलाई परिभाषित गरिएको छ । परिचय खुलाउन पेस गर्नुपर्ने कागजात यही म्यानुअलमा तोकिएअनुसार हुनेछन् । यसको अर्थ नेपाल–भारत खुला सीमा बन्द गर्ने वा नेपाली नागरिकलाई भारत प्रवेश गर्न भिसा अनिवार्य गर्ने निर्णय भएको होइन । तर, सीमा वारपार गर्दा आफ्नो पहिचान खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयको संशोधित आदेशले केही समूहलाई भारत प्रवेश, बसोबास र बाहिरिने क्रममा राहदानी वा अन्य यात्रा कागजात तथा भिसाको अनिवार्यताबाट छुट दिएको छ । भारतीय स्थलसेना, जलसेना र वायुसेनाका सदस्य सरकारी कामका सिलसिलामा भारत प्रवेश वा बहिर्गमन गर्दा यस्तो छुट पाउनेछन् । उनीहरूसँग सरकारी यातायातमा यात्रा गर्ने परिवारका सदस्यलाई पनि यो सुविधा लागू हुनेछ । त्यसैगरी, सन् २०१५ जनवरी ९ सम्म भारतमा शरण लिएका र केन्द्र वा राज्य सरकारले तोकेको अधिकारीसमक्ष दर्ता भएका श्रीलंकाली तमिल नागरिकलाई पनि राहदानी र भिसाको अनिवार्यताबाट छुट दिइएको छ ।

मर्मतका लागि भारत आउने विदेशी सैनिक जहाजका चालक दलका सदस्यले पनि छुट पाउनेछन् । त्यसका लागि भारतीय अध्यागमन अधिकारीबाट जारी गरिएको ‘मिलिटरी सिप रिपेयर परमिट’ र वैध सैनिक परिचयपत्र हुनुपर्नेछ । यो छुट युद्धपोत तथा अन्य मुलुकका सेनाले गैरव्यावसायिक प्रयोजनका लागि सञ्चालन गर्ने सरकारी जहाजका चालक दलका सदस्यलाई लागू हुनेछ ।

नेपालस्थित भारतीय दूतावासले जारी गरेको प्रवेश अनुमतिपत्रका आधारमा सन् १९५९ पछि तर २००३ मे ३० अघि भारत प्रवेश गरेका तिब्बती नागरिकले पनि छुट पाउने उल्लेख छ । सन् २००३ मे ३० पछि विशेष प्रवेश अनुमतिपत्र लिएर भारत–नेपाल सीमाका केन्द्र सरकारले तोकेका अध्यागमन नाकाबाट प्रवेश गरेका तिब्बती नागरिक पनि यसमा समेटिएका छन् । उनीहरू सम्बन्धित दर्ता अधिकारीसमक्ष दर्ता भएको र नियमअनुसार दर्ता प्रमाणपत्र लिएको हुनुपर्नेछ ।

त्यस्तै, अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक उत्पीडन वा त्यसको डरका कारण भारतमा शरण लिन बाध्य हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका नागरिकलाई पनि छुट दिइएको छ । तर, उनीहरू सन् २०२४ डिसेम्बर ३१ वा त्यसअघि भारत प्रवेश गरेको हुनुपर्नेछ । उनीहरूसंग राहदानी वा अन्य यात्रा कागजात नभएको अथवा त्यस्ता कागजातको म्याद सकिएको अवस्थामा पनि यो छुट लागू हुनेछ । यद्यपि भारतमा निरन्तर बसोबास गर्न उनीहरूले प्रवेशपछि उपयुक्त श्रेणीको भिसा लिनुपर्नेछ ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारत आउने विदेशी नागरिकका लागि भिसा नियममा फेरबदल

भारत आउने विदेशी नागरिकका लागि भिसा नियममा फेरबदल

काठमाडौं– भारत सरकारले विदेशी नागरिकका लागि लागू हुँदै आएको भिसा व्यवस्थामा परिवर्तन गरेको छ । सरकारले भिसाका मुख्य श्रेणीको सङ्ख्या १३ बाट घटाएर नौ र उपश्रेणीको सङ्ख्या ४९ बाट घटाएर २३ मा सीमित गर...

#भारत #नियम
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
7h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
7h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2611