Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सको खेल

Ekantipur •
November 06, 2026 • 12:02 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाल कीर्तिपुरमा भएको खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएर प्ले–अफका लागि दाबेदारी पेस गरेको छ । यो जितपछि दुई पल्टको उपविजेताको छ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । हारले कर्णाली भने चार अंकमै सीमित रह्यो । कर्णालीमाथि सुदूरपश्चिमको यो लगातार तेस्रो जित पनि हो ।

जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको कर्णालीले ब्याटबाट राम्रो प्रदर्शन गर्न सकेन र बढ्दो आवश्यक रन रेटका कारण दबाबमा रह्यो । खेल सकिँदा कर्णाली सात विकेट गुमाएर १ सय ३७ रनको स्थितिमा रह्यो । दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले नटआउट ९३ रन बनाए पनि त्यो पर्याप्त रहेन । उनले ५५ बलको सामना गरेर पाँच चौका र सात छक्का प्रहार गरे ।

यसअघि ओपनर अरिफुल इस्लाम अनिल खरेलले लिएको प्रतियोगिताकै उत्कृष्ट क्याचमा शून्य रनकै स्थितिमा आउट भए । अर्का ओपनर वाटले चार रन मात्र बनाए । दीपक डुम्रे पनि १८ बलमै अनिलकै सिकार बने । पवन सर्राफले पनि रनबाट धेरै योगदान गर्न सकेनन् र पाँच रनमै रोकिए । हुसेन तलत एकै रनमा दीपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लू भए । कप्तान सोमपाल कामी आठ रनमै समेटिए भने गुल्सन झाको ब्याटबाट तीन रन मात्रै निस्केको थियो ।

सुदूरपश्चिमका बलरमध्ये स्कट कुग्लेनले दुई विकेट लिए । यसअघि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि थरिन्दु रथ्नायेके २२ र स्कट कुग्गलेन १३ रनमा नटआउट रहे । सुदूरपश्चिमको सुरुआत राम्रो रह्यो र पहिलो विकेटका लागि विनोद भण्डारी र सैफ जैबले ६८ रनको साझेदारी गरे । विनोद २७ रन बनाएर रनआउट भए । उनले २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

लगत्तै जैब पनि ३५ रन बनाएर सूर्य तामाङको बलिङमा बोल्ड भए । जैबले २४ बलको सामना गरे तथा त्यसमा चार चौका र एक छक्का सामेल थियो । उनीहरू क्रिजमा छँदासम्म ठूलो स्कोरको सम्भावना देखिएको थियो । तर दुवै आउट भएपछि रनको गति सुस्ताएको थियो र कर्णालीका बलर हाबी भए । स्कोरले ९५ रन छुँदा कप्तान दीपेन्द्रसिंह ऐरी पनि १० रन बनाएर पबेलियन फर्के ।

कर्णालीका विकेटकिपर दीपक डुम्रेको चलाखीपूर्ण स्टम्पिङमा ऐरी आउट भएका हुन् । ब्रेन्डन म्याकमुलेनले १६ बलमा २४ रन थपेर नन्दन यादवको सिकार भए । इशान पाण्डे २३ रन बनाएर वाटको बलमा क्याच आउट भए । मिलरले उनको क्याच लिएका हुन् । आरिफ सेखले १४ बल खेलेर ११ रन मात्र बनाउन सके । कर्णालीका बलरमध्ये वाटले २७ रन खर्चेर दुई विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #कर्णाली
Compare →
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
10h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611