Trending
Prev Story
Next Story

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

Onlinekhabar •
November 06, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल एजेन्सी सहित चार विदेशीलाई कारबाही गरेको छ । विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका …

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

२० कात्तिक, काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल एजेन्सी सहित चार विदेशीलाई कारबाही गरेको छ ।

विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुन पालना नगरी विदेशीलाई निषेधित क्षेत्रमा पदयात्रा गराउने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन २०४९ को दफा १० (४) बमोजिम ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

त्यसैगरी पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चारै जना नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ । उनीहरूबाट पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुर बापत प्रतिव्यक्ति २० अमेरिकी डलर समेत असुल गरिएको विभागले जनाएको छ ।

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।

विशेषगरी निषेधित क्षेत्र प्रवेश गर्दा अध्यागमन नियमावली २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।

विभागले विदेशी, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य अनुमति लिन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

डोल्पाको माथिल्लो क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनीको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ । ...

#नलिई #डोल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2611