Trending
Prev Story
Next Story

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

Onlinekhabar •
November 06, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस …

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेस गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल छन् ।

उनीहरूमध्ये भारतीय राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन् ।

राष्ट्रपति कार्यालयमा सम्पन्न समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मोरङस्थित श्री आ...

#प्रमाणपत्र #पेस
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#पेस
Compare →
Nagarik News
2d ago
कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’

कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’

जलवायु परिवर्तनको संकट विश्वभर गहिरिँदै गएका बेला यसको समाधान खोज्न आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा विश्वका शक्तिशाली देशका शीर्ष नेताहरू नै अनुपस्थित हुने भएका छन्।

#राष्ट्रपति #देशका
Compare →

Related Stories

World News
Build #2611