Trending
Prev Story
Next Story

पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक

Onlinekhabar •
November 06, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको प्रयोग भएको हुन्छ। यी कपहरू सजिलै उपलब्ध …

पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक

हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको प्रयोग भएको हुन्छ।

यी कपहरू सजिलै उपलब्ध हुन्छन् र एक पटक प्रयोग गरेपछि पुन प्रयोग गरिँदैन। जसले गर्दा सफा गर्नुपर्ने झन्झट पनि हुने भएन । तर, यस कपको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुराको अध्ययन भारतीय प्रविधि संस्थानले गरेको छ।

पानी, चिया वा कफीलाई लामो समयसम्म राख्नका लागि कागजको कपलाई भित्री भागमा प्लास्टिक वा मैनको पातलो तह लेपन गरिएको हुन्छ। जब हामी ती कपमा तातो पेय पदार्थ राख्छौँ, यो कोटिङ पग्लन थाल्छ । जसका कारण पेय पदार्थमा प्लास्टिकका साना कण र हानिकारक रसायन मिसिएर शरीरमा प्रवेश गर्न सक्छ।

वैज्ञानिक अनुसन्धानले कागजको कपमा तातो पेय पदार्थ खन्याएपछि माइक्रो प्लास्टिक र रसायनहरू निस्कन सक्छ भनेर देखाउँछ। यी कणहरू लामो समयसम्म शरीरमा जम्मा भएर क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउँन सक्छ।

कोटिङ पेपर कपमा प्रयोग हुने रसायनहरूले हार्मोनल असन्तुलन पनि निम्त्याउन सक्छ । यसले थाइरोइड र प्रजनन क्षमतामा नकारात्मक असर पार्न सक्छ । पेपर कप वातावरणका लागि पनि हानिकारक छ। यी ‘बायोडिग्रेडेबल’ हुँदैनन् र यसमा भएको प्लास्टिकको कारण, तिनीहरूलाई पुनः प्रयोग गर्न गाह्रो छ।

टाइम्स अफ इन्डियामा प्रकाशित एक अध्ययनका अनुसार यदि पेपर कपमा दिनमा तीन कप चिया वा कफी पिइन्छ भने हजारौँ माइक्रो प्लास्टिक कणहरू शरीरमा प्रवेश गर्न सक्छन् । यसले पाचन प्रणालीलाई मात्र हानी गर्दैन, तर शरीरका अन्य अङ्गहरूमा पनि नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यदि अफिसमा चिया पिउनुहुन्छ भने, स्टिल वा सिसाको कप साथमा राख्नु राम्रो हुन्छ यो स्वास्थ्य र वातावरण दुवैका लागि राम्रो विकल्प हो । पेपर कपको प्रयोग कम गर्नुपर्छ।

सम्भव भएसम्म, पेपर कपको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपहरू प्रयोग गर्नुपर्छ । आजकल बजारमा ‘बायोडिग्रेडेबल’ कपहरू उपलब्ध छन् । तिनीहरूलाई प्रयोग गरेर, स्वस्थ रहन सकिन्छ र वातावरणको सुरक्षा पनि गर्न सकिन्छ।

पेपर कपहरू सुविधाजनक त हुन्छन् । तर, तिनीहरूको अत्यधिक प्रयोग स्वास्थ्य र वातावरण दुवैको लागि हानिकारक हुन सक्छ। त्यसैले पेपर कपको सट्टा दिगो र सुरक्षित विकल्प प्रयोग गर्नुपर्छ । यसले हाम्रो स्वास्थ्यको साथै वातावरणलाई पनि बचाउन सकिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देख...

#चिया #कफी
Compare →
Ekantipur
6d ago
इलामको कन्याममा हुँदै छ चिया महोत्सव

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#चिया
Compare →
Nagarik News
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#चिया
Compare →

Related Stories

Health & Wellness
Build #2612