Trending
Prev Story
Next Story

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

Onlinekhabar •
November 06, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले बाढीपीडितको पुनर्स्थापना, राहत वितरण र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको हो। बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कांग्रेस सह-महामन्त्री प्रकाश रसाइली (स्नेही) द्वारा जारी विज्ञप्तिअनुसार, गत भदौ १० गतेको आकस्मिक बाढी र पहिरोबाट प्रभावितहरूको पछिल्लो अवस्था, पुनर्निर्माण र राहत वितरणको अवस्थाबारे बैठकमा विस्तृत छलफल गरिएको थियो।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्याप्रति पार्टी गम्भीर र संवेदनशील रहेको बताउँदै कांग्रेसले सरकारलाई पुनर्निर्माण र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन निरन्तर खबरदारी गर्ने जनाएको छ। यसका साथै, पार्टीका तर्फबाट समेत आवश्यक सहकार्य र सहयोगलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकले छठ पर्वलगत्तै रसुवा, धादिङ र नुवाकोटका प्रभावित गाउँ तथा बस्तीमा गएर अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
'जेन–जी' पुस्ताको परिवर्तनको भोकलाई कांग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

'जेन–जी' पुस्ताको परिवर्तनको भोकलाई कांग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई कांग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन्। नयाँ पुस्ताले सरकार, द...

#कांग्रेस
Compare →
Nagarik News
9h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Ekantipur
14h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →
Arthasansar
18h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#कपडा
Compare →

Related Stories

Politics & Governance
Build #2612