Trending
Prev Story
Next Story

बङ्गलादेशमा गो*ली हानाहान, ५७ जनाको उद्धार

Nagarik News •
November 06, 2026 • 10:09 AM
1
1 reads 0 reactions

बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन्।

बङ्गलादेशमा गो*ली हानाहान, ५७ जनाको उद्धार

म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ। बिहीबार राति भएको उक्त झडपमा एक सैनिकको मृत्यु भएको बङ्गलादेशी सेनाले जनाएको छ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको सशस्त्र समूहले करिब १२० रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिकलाई अपहरण गरेको सूचना पाएपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान सञ्चालन गरेको थियो।

गोली हानाहानका क्रममा सैनिक मोहम्मद तितास शेखको बायाँ काँधमा गोली लागेको थियो। अत्यधिक रक्तस्राव भएपछि उनको चोटकै कारण मृत्यु भएको सेनाले जनाएको छ। उनी २७ वर्षका थिए।

बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन्।

धेरैजसो शरणार्थी बङ्गलादेशको कोक्स बजार आसपासका विशाल शिविरमा बस्दै आएका छन्। त्यहाँ मानव तस्कर समूहले विदेशमा रोजगारी वा अन्यत्र जाने अवसर खोजिरहेका शरणार्थीलाई निशाना बनाउने गरेका छन्।

सन् २०१७ मा म्यान्माको सैन्य कारबाहीका क्रममा रोहिङ्ग्या गाउँ जलाइएको र सर्वसाधारणको हत्या गरिएको घटनालाई लिएर नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ। उक्त मुद्दामा अदालतले यही नोभेम्बर १९ मा फैसला सुनाउने कार्यक्रम छ।

प्रकाशित: २० कार्तिक २०८३ १५:५४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Arthasansar
16h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #जनाको
Compare →
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#उद्धार
Compare →

Related Stories

World News
Build #2611